बिहीबार १६७ जनामा कोरोना संक्रमणको पुष्टि,काठमाडाैंका एक संक्रमित

Jul 16, 2020 04:36 PM Merolagani

बिहीबार १६७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ जसमध्ये ६ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् ।

आज भेटिएका संक्रमित मध्ये काठमाडौंका एक जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई २१३ जना डिस्चार्ज भएका छन् । यसरी हालसम्म कोरोना निको भएकाको संख्या  ११ हजार २४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भएका तीन हजार परीक्षणमा केवल तीन जनाको परीक्षण नतिजामा कोरोना पोजिटिभ पाइएको छ । मन्त्रालयका प्रवक्ता जोगेश्वर गौतमले संक्रमणको दर कम भएकाले मात्र पिसिआर परीक्षण कम भएको बताएका छन् । उनले संक्रमण दर कम भएतापनि जोखिम कम नभएको पनि जानकारी दिएका छन् ।

दुई साता अघि पिसिआर पोजिटिभ देखिने दर ९ प्रतिशतबाट घटेर अहिले २ वा ३ प्रतिशत रहेको छ । त्यस्तै क्वारेन्टाईनमा रहने तथा पिसिआर परीक्षणमा पोजिटिभ देखिनेको संख्या पनि कम हुँदै गएको पनि प्रवक्ता गौतमले जानकारी दिएका छन् । हाल  १० हजार भन्दा बढि पिसिआर जाँच गर्न मन्त्रालयको सक्षम रहेको पनि उनले जनाएका छन् । 

संक्रमितको विवरण :

झापा : ४
सुनसरी : ४
उदयपुर : १
इलाम : ६
मोरङ : ३
ओखलढुंगा : १५
धनुषा : २७
पर्सा : २
बारा : १
रौतहट : १२
काठमाडौं : १
नवलपरासी : १७
मकवानपुर : ३
बाग्लुङ : २
स्याङजा : १
रुपन्देही : १
प्युठान : १
बाँके : ८
सुर्खेत : ३
बर्दिया : १
दाङ : १
दैलेख : ६
रुकुम : १
सल्यान : २
जाजरकोट : २
मुगु : १
डडेलधुरा : ८
अछाम : ४
कैलाली : १४
कन्चनपुर : १४
बझाङ : १

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।