प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने

Jul 26, 2020 08:06 AM Merolagani

प्रभु बैंक लिमिटेड ले वार्षिक १० प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र साउन १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्नेछ। सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
८ वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा साउन २३ गते र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्ग प्राप्त गर्ने उपकरणहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।