रिलायबल नेपाल लाइफले आईपीओ निष्काशन गर्ने

Jul 27, 2020 11:15 AM Merolagani



रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न भएको छ। कम्पनीको आइतबार सम्पन्न दोश्रो वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो।

साधारण सभाले आईपीओ जारी गर्न कम्पनीले प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संशाेधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

यस्तै, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू समेत साधारण सभाले पारित गरेको छ।

यसैगरी, सञ्चालक नियुक्तिको अनुमोदन गर्ने, सञ्चालकहरुको स्वदेश तथा विदेश भ्रमण भत्ता खर्च तोक्ने सम्वन्धमा समेत साधारण सभाले निर्णय गरेको छ।

कम्पनीले हालसम्म १७ प्रकारका बीमा योजनाहरु सञ्चालनमा ल्याएको छ। कम्पनी गत आर्थिक वर्षमा कुल एक अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियाे।

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।