पाँचवटा भन्दा बढी काम पेन्डिङ्ग भएमा सर्भेयरले नयाँ काम नपाउने

Jul 28, 2020 12:16 PM Merolagani

  • अरूण पाख्रेन

बीमा समितिले बीमा दाबी भुक्तानीलाई छिटो,छरितो र सहज बनाउने भएको छ। सरकारले बजेटमा राखेको उद्देश्य अनुरुप समितिले दाबी भुक्तानीको प्रकृयालाई थप सहज बनाउने तयारी थालेको हो।

बीमा समितिले फागुन २१ गते जारी गरेको बीमा दाबी भुक्त्तानी मार्गदर्शनलाई कार्यान्वयन गर्दै दाबी भुक्तानीलाई थप सहज बनाउन लागिएको समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी गराए। सरकारले बजेटमार्फत नै बीमा दाबी भुक्तानीलाई सहज बनाउने घोषणा गरेपछि कार्यान्वयन गर्न लागिएको उनको भनाइ छ।

समितिको वार्षिक कार्य योजना अन्तर्गत दाबी भुक्तानीलाई सहज बनाउने गरी कार्य योजना तयार भएको  अधिकारीले जानकारी गराए। ‘दाबी भुक्तानीबारे बीमा कम्पनीहरूको अवस्था कस्तो छ भन्ने विषयमा पनि हामीले तथ्यांक संकलन गर्छौं। तर,निर्देशिका नै संशोधन गर्नेभन्दा पनि हामी कार्यान्वयनको पाटो मजबुत बनाउछौं,’ उनले भने।

समितिले दाबी भुक्तानी जारी गरेको निर्देशिका अनुसार निर्जीवन बीमा कम्पनीका सर्भेयरहरूलाई समेत थप व्यवस्था गरेको छ। लामो समयदेखि सर्भेयरको रुपमा काम गरिरहेका प्रविन सुबेदी भने सर्भेयरको लागि अहिलेसम्म केही नभएको बताउछन्।

यस्तै सर्भेयरलाई काम पाउने अवस्था सिर्जना गर्नेुपर्ने उनको भनाइ छ। ‘सर्भेयरलाई काम पाउने हो कि काम गर्न दिने हो? भन्ने विषयमा छलफल हुनुपर्छ। सर्भेयरलाई काम दियो भने त्यो राम्रो भएन, त्यहाँ मोनोपोली धेरै हुन्छ। त्यसैले सर्भेयरलाई काम गर्ने वातावरण बनाउनुपर्छ,’उनले भने।

सर्भेयरले लाईसेन्स पाएपछि काम गर्ने पाउने भयो भने धेरै काम गर्न सकिने उनको भनाइ छ। अहिले जारी गरेको निर्देशिकाले पाँचवटा काम पेन्डिङ्ग भएसम्म अर्को काम गर्न नपाउने व्यवस्था गरेको छ। यसले गर्दा सबै सर्भेयरले समानुपातिक रुपमा काम पाउने सुश्चितता भएको उनको भनाइ छ।

बीमा समितिले जारी गरेको निर्देशिकाले भने धेरै राम्रो व्यवस्था गरेको उनको भनाइ छ। समितिले जारी गरेको निर्देशिका अनुसार सर्भेयरले दाबी परेपछि आवश्यक जाँचबुझ गरी १५ दिन भित्र बीमालेखको शर्त तथा सुविधाको अधिनमा रही बीमितले पाउन सक्ने रकम उल्लेख गरी बीमकको दायित्व निर्धारण गरी त्यसको विस्तृत विवरण सहितको प्रतिवेदन बीमक समक्ष पेश गर्नुपर्ने र त्यसको जानकारी बीमितलाई दिनुपर्ने व्यवस्था छ।

यस्तै, सर्भेयरले बीमक समक्ष प्रतिवेदन पेश गरेको २१ दिन भित्र बीमकले दायित्व ठहर गरी बीमितलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्नेछ।

त्यस अवधिमा बीमकले दाबी भुक्तानी गर्न नसकेमा वा गर्नु नपर्ने भएमा त्यसको कारण खुलाई बीमा समितिमा उजुरी गर्न सकिन्छ।

समितिले जारी गरेको बीमा दाबी सम्बन्धमा सर्भेयर नियुक्त गर्नुपर्ने भएमा तत्काल बीमितको नाम ठेगाना र दाबीको विवरण सहित लिखित रुपमा सर्भेयर नियुक्त गर्नुपर्ने व्यवस्था छ। बीमा कम्पनीले सर्भेयर नियुक्त गरेपछि उसको नाम, ठेगाना, सम्पर्क समेत बीमितलाई पत्रमार्फत उपलब्ध गराउनु पर्नेछ।

यस्तै सर्भेयर नियुक्त गर्दा बीमा समितिबाट सर्भेयर इजाजतपत्र प्राप्त गरी इजाजतपत्र बहाल रहेको व्यक्ति वा संस्थालाई मात्र नियुक्त गर्नुपर्नेछ।

समितिबाट सर्भेयरको इजाजतपत्र बहाल रहेको कुनैपनि व्यक्ति वा संस्थाले कुनै एक बीमकमा बढीमा पाँचवटासम्म सर्भे प्रतिवेदन बुझाउन बाँकी रहेको अवस्थामा पुनः सर्भेयर नियुक्ती गर्न नपाउने व्यवस्था छ।

सर्भेयर को हुन्?

बीमा व्यवसायको लागि सर्भेयर महत्वपूर्ण अंग हुन्। सर्भेयर बिना कम्पनीले दाबी भुक्तानी गर्न सक्दैन। सर्भेयरले घटना स्थलमा पुगेर क्षतिको मूल्यांकन गरेपछि मात्रै बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी गर्छन्। त्यसैले बीमामा सर्भेयरको भूमिका अहम हुन्छ।

अधिकांश बीमितहरूले सर्भेयरहरुलाई कम्पनीको मानिस भन्ने ठान्छन्। त्यसैले सर्भेयरहरूले कम्पनीको हितमा काम गर्ने आरोप समेत लाग्दै आएको छ। तर, सर्भेयरहरू स्वतन्त्र व्यक्ति हुन्। जसलाई घटना घटेको समयमा बीमा कम्पनीले पारिश्रमिक भुक्तान गरी मूल्यांकन गर्न लगाउँछन्। बीमा समितिले सर्भेयरको आचारसंहित निर्माण गरेको छ। सर्भेयर सोही नियम भित्र रहेर काम गर्छन्।

बीमा ऐनले बीमा सर्भेयर सम्बन्धी व्यवस्था गरिएको छ। ऐनले क्षतिग्रस्त सम्पतिको आर्थिक मूल्यांकन गर्ने इजाजत प्राप्त व्यक्तिलाई बीमा सर्भेयरका रुपमा परिभाषित गरेको छ। सोही शब्दले एडजस्टर र नोक्सानी मूल्यांकन गर्ने व्यक्तिलाई समेत बुझाउने ऐनमा उल्लेख छ।

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा


comments powered by Disqus

कारोबार भइरहेको कम्पनी बन्द हुँदा लगानीकर्तामा मनाैबैज्ञानिक असर,यसरी बन्द हुन्छ कम्पनी

Aug 06, 2020 06:52 PM
  • सुधा देवकाेटा

केही दिन पहिले दोस्रो बजारमा कारोबार भइरहेको श्रीराम सुगर मिलले सञ्चालनमा आउन नसक्ने भन्दै कम्पनी बन्द गर्ने निर्णय बजारमा आएसँगै यसले चर्चा पाएको छ । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता आफूले लगानी गर्ने कम्पनी बन्द भएको खण्डमा के होला भन्ने प्रश्नकाे उत्तर खाेज्न थालेका छन् ।