आगामी तीन दिन देशका केहि स्थानमा भारी वर्षाकाे संभावना, सतर्क रहन अनुराेध

Jul 28, 2020 02:38 PM Merolagani



काठमाडौं उपत्यका लगायत नेपालका केहि स्थानमा यतिबेला वर्षा भइरहेको छ । आगामी तीन दिन देशभर जसो नै पूर्ण बदली भई हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो । हाल तराई भू भाग नजिक मनसुनी न्युन चापिय रेखा अवस्थित छ ।

साउन १३ गते, मंगलबार देशभर जसो नै हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जानकारी दिएको छ । यद्यपी प्रदेश १, प्रदेश २,बागमती, गण्डकी र प्रदेश ५ का केहि स्थान तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यसका साथै ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने,पहाडी क्षेत्रमा भूक्षय हुने,पहिरो जाने अनुमान गरिएकाे छ । त्यस्तै भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

मंगलबार जस्तै बुधबार पनि यहि मौसमले निरन्तरता पाउने देखिन्छ । यस दिन देशका अधिकांश स्थानमा मौसममा बदली हुनेछ भने गण्डकी, प्रदेश ५,कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका केही स्थान र प्रदेश १,प्रदेश २,बागमती प्रदेशका थोरै स्थानहरुमा भारी तथा अधिक वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी प्रदेश १,बागमती,गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पुर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पुर्वानुमान महाशाखाले मंगलबार,बुधबार र बिहीबार कन्काई, कोशी, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई नदीमा बहाव बढ्ने संभावना रहेको जनाएको छ । महाशाखाले दिएको जानकारी अनुसार यी नदीका सहायक नदी जलाधार लगायत प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदूर पश्चिम भई बहने साना नदीमा बहाव सतर्कता आसपास हुने र केहि साना नदीमा खतरा आसपास पुग्न सक्ने पुर्वानुमान गरिएकाले तटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।