सगरमाथा इन्स्योरेन्सले बाेलायाे साधारण सभा, के छन् प्रस्ताव?

Jul 31, 2020 12:33 PM Merolagani

सगरमाथा इन्स्योरेन्स (SIC) मर्जरमा जाने विषेश प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक कार्य गर्ने अधिकार सञ्चालक समितिलाई दिने गरी २३ औं वार्षिक साधारण सभा बोलाएको हो।

कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १३ गते शनिबार १० बजे कम्पनीको प्रधान कार्यालय, नक्सालमा साधारण सभा बोलाउने निर्णय गरेको हो।

साधारण सभाबाट कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितका वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरण तथा त्यससंग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तयारी गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ बाट लाभांश भने प्रस्ताव गरेको छैन। सो आर्थिक वर्षमा मुनाफा रहेको भएतापनि एनएफआरएसमा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिएको इन्स्योरेन्सले जनाएको छ।

 


comments powered by Disqus

कामना सेवा विकास बैंकको डिवेञ्चर प्रत्याभूतीकर्तामा नागरिक लगानी कोष

Nov 30, 2020 06:32 PM

कामना सेवा विकास बैंकको (KSBBL) एक हजार रुपैयाँ अंकित दरका दश लाख कित्ताको ऋणपत्र प्रत्याभुतीकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ । डिवेञ्चर प्रत्याभूतीकर्ता सम्झौता–पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन् ।