१५ लाखसम्मका ‘सेकेन्ड हेन्ड’ कार मध्यम बर्गको पहिलो रोजाइ

Aug 01, 2020 09:19 AM Merolagani

१५ लाख रूपैयाँसम्ममा पाइने ‘सेकेन्ड हेन्ड’ कार मध्यम बर्गका व्यक्तिहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । महंगो नयाँ कार किन्न सक्ने क्षमता नभएका र मोटरसाइकल चलाउँदा दिक्क भएका तथा माटरसाइकल चलाउन डराउनेहरूका लागि पनि १५ लाख रूपैयाँसम्ममा पाइने कार मध्यम बर्गका लागि पहिलो रोजाइमा पर्ने गरेको हो ।

मध्यम बर्गका व्यक्तिले मोटरसाइकल बिक्री गरेर १५ लाखसम्मको ‘सेकेन्ड हेन्ड’ कार किन्न थालेका छन् । प्रायः मध्यम बर्गले मोटरसाइकल किन्ने गर्छन, मोटरसाइकबाट स्तरउन्नती गर्न चाहना राख्नेले १५ लाखसम्म पर्ने कार किन्न खोज्ने गरेका छन् ।

पानी, हिलो,धुँवा,धुलोबाट पनि बच्नका लागि पनि १५ लाखसम्मका सेकेन्ड हेन्ड कार किन्न आउने बढेको राम्रो मोटर्स सानो गौचरनकी सेल्स म्यानेजर ममता राईले बताइन् ।‘साना र सस्तो मूल्यका सेकेन्ड हेन्ड गाडी खरिद गर्न बढी आउने गरेका छन्,’ उनले भनिन्, ‘मोटरसाइकल बिक्री गरेर कार चढन रहर गर्नेहरूले १५ लाखसम्म पर्ने चिटिक्क परेका साना गाडी किन्न रूचाउँछ ।’

खासगरी, परिवार नै लिएर हिडन मोटरसाइकलमा असहज भएपछि सस्तो मूल्यका साना सेकेन्ड हेन्ड गाडी किन्न आउने गरेको राइको भनाइ छ । परिवारका सदस्य थप हुँदै गएपछि मोटरसाइकलमा हिडन नमिल्ने हुँदा कारको खोजी गर्नेको संख्या ह्ववातै बढने गरेको छ ।

मध्यम वर्गका लागि आवश्यक पर्ने र चार जनासम्म अटाउन मिल्ने साना कारको खोजी गर्न आउने गरेको अर्का एक सेकेन्ड हेन्ड गाडी खरिद बिक्री गर्ने व्यवसायीले बताए । ‘श्रीमान र श्रीमतिमात्र हुँदा मोटरसाइकमा हिडन रुचाउनेहरू बालबच्चा भएपछि मोटरसाइकलमा नअटाउने भएकाले पनि कार किन्नु पर्ने बाध्यता हुन्छ,’ उनले भने, ‘आम्दानी बढाउदै जानेले परिवार नै अटाउन मिल्ने गरी नयाँ गाडी किन्ने गरेपनि त्यतिधेरै आम्दानी गर्न नसक्ने तर कारको आवश्यकता हुनेले सकेन्ड हेन्डको गाडी खरिद गर्ने गरेका छन् ।’

सानो परिवार र काठमाडौं उपत्याकामा मात्र चलाउनका लागि सानो चिटिक्क परेको र पार्टपुर्जा पनि सुपथ मूल्यमा सहज रूपमा पाउने कारको खोजी गर्ने क्रम बढेको छ । चैत ११ पछिको लकडाउनमा त सार्वजनिक सवारी साधन सञ्चालन नभएकाले पनि पुराना निजी सवारी साधन खरिद गर्नेको संख्या बढेको छ ।

धेरै मूल्य पर्ने भन्दा पनि सस्तो मूल्यका सेकेन्ड हेन्ड कार र मोटरसाइकको माग बढी हुन थालेको व्यवसायीको भनाइ छ । ‘बैंकबाट चर्को ब्याजदरमा ऋण लिएर भाडामा लगाउने उद्देश्यले खरिद गरिएका महंगा कार, जीप भने बिक्री गर्नेको संख्या बढको छ,’ राइले भनिन्, ‘तर सस्तो मूल्यका साना सेकेन्ड हेन्ड कार किन्नेको भने संख्या बढेको छ ।’

यता, कारोनाका कारण नयाँ साना तथा ठूला गाडीहरू बिक्रीमा भने कमी आएको छ । सरकारले महंगा निजी गाडीलाई बिलासितका बस्तुको रूपमा लिएपछि ५० हजार अमेरिकी डलर भन्दा बढीका गाडी खरिदमा रोक लगाएको छ ।

राष्ट्र बैंकले पनि निजी गाडी खरिदलाई निरूत्साहन गर्दै आएको छ । राष्ट्र बैंकले साउन २ मा ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीतिले पनि बैंक तथा वित्तीय संस्थाले निजी गाडी खरिदका लागि ५० प्रतिशतसम्म मात्रै कर्जा दिने पुरानो नीतिलाई निरन्तरता दिएको छ ।

यस्तै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन तथा सहुलियत दिइने भनिएको थियो । तर चालु आर्थिक वर्षको बजेटमा विद्युतिय सवारी साधानमा ८० प्रतिशतसम्म भन्सार र अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ । यसले पनि निजी तथा सार्वजनिक विद्युतिय सवारी साधन खरिदमा कमी आएको हो ।

व्यवसायीहरूले निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गर्न माग गरेका थिए । तर आफ्ना माग नसमेटेको भन्दै अटोमोवाईल व्यवसायीहरूको छाता संस्था नेपाल अटोमोवाइल डिलर्स एशोसियसन (नाडा) ले सच्चाउन माग गर्दै आएको छ ।

नाडाले कोभिड १९ का कारण अटोमोवाईल व्यवसायमा प्रभाव पारेको भन्दै मौद्रिक नीति मार्फत सवारी साधनमा प्रवाह हुने कर्जाको सीमा बढाउन सुझाव दिएको थियो । तर राष्ट्र बैंकले त्यसमा कुनै परिवर्तन गरेन ।

राष्ट्र बैंकले आफ्नो नीतिमा परिवर्तन गरे सवारी साधन खरिद गर्न चाहनेहरूका लागि सहजता हुने र लकडाउनको करण ओरालो लागेको सवारी साधनहरूको आयातमा सुधार आउनुका साथै राजस्व संकलनमा वृद्धि भएर अर्थतन्त्र चलायमान हुने नाडाको भनाइ छ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।