नेपाल इन्भेष्टर्स फोरमले दियो बोर्डलाई मायाको चिनो

Jul 31, 2020 03:50 PM Merolagani



नेपाल इन्भेष्टर्स फोरमले नेपाल धितोपत्र बोर्डलाई मायाको चिनो (टोकन अफ लभ ) दिएको छ । इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले शुक्रबार बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई उक्त टोकन अफ लभ प्रदान गरेका हुन् ।

बोर्डको २८ औं बार्षिक उत्सवमा उक्त मायाको चिनो दिने भनिएपनि कोरोना भाइरसका कारण असहज परिस्थिति सिर्जना भएकाले आज (शुक्रबार) प्रदान गरिएको इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले जानकारी दिए ।

उक्त अवसर इन्भेष्टर्स फोरमका अन्य पदाधिकारी,बोर्डका निर्देशकहरू र लगानीकर्ता संघका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

लकडाउनका कारण बोर्डले गत जेठ २५ गते वेविनारमार्फत २७ औं वर्ष पूरा गरी २८ औं बार्षिक उत्सव मनाएको थियो ।

 

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।