नेपाल इन्भेष्टर्स फोरमले दियो बोर्डलाई मायाको चिनो

Jul 31, 2020 03:50 PM Merolagani



नेपाल इन्भेष्टर्स फोरमले नेपाल धितोपत्र बोर्डलाई मायाको चिनो (टोकन अफ लभ ) दिएको छ । इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले शुक्रबार बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई उक्त टोकन अफ लभ प्रदान गरेका हुन् ।

बोर्डको २८ औं बार्षिक उत्सवमा उक्त मायाको चिनो दिने भनिएपनि कोरोना भाइरसका कारण असहज परिस्थिति सिर्जना भएकाले आज (शुक्रबार) प्रदान गरिएको इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले जानकारी दिए ।

उक्त अवसर इन्भेष्टर्स फोरमका अन्य पदाधिकारी,बोर्डका निर्देशकहरू र लगानीकर्ता संघका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

लकडाउनका कारण बोर्डले गत जेठ २५ गते वेविनारमार्फत २७ औं वर्ष पूरा गरी २८ औं बार्षिक उत्सव मनाएको थियो ।

 

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।