फेरि बढ्यो डिजेल,पेट्रोल र मट्टीतेलको भाउ

Aug 01, 2020 08:40 PM Merolagani



डिजेल,पेट्रोल र मट्टीतेलको भाउ पुन : बढेको छ। शनिबार राति १२ बजेबाट लागु हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले बढेको हो ।

नयाँ बिक्री मूल्य अनुसार काठमाडौं उपत्यकामा डिजेल ९० रुपैयाँ, मट्टीतेल र पेट्रोल १ सय ४ रुपैयाँ तोकिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिएका छन् । मूल्य समायाेजन पश्चात पनि निगमलाई पेट्राेलमा प्रतिलिटर एक रूपैयाँ २३ पैसा र  डिजेलमा प्रति लिटर एक रूपैयाँ १५ पैसा घाटा रहेकाे निगमकाे विज्ञप्तीमा उल्लेख छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन गरिएको छैन । असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ बढाएको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।