फेरि बढ्यो डिजेल,पेट्रोल र मट्टीतेलको भाउ

Aug 01, 2020 08:40 PM Merolagani



डिजेल,पेट्रोल र मट्टीतेलको भाउ पुन : बढेको छ। शनिबार राति १२ बजेबाट लागु हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले बढेको हो ।

नयाँ बिक्री मूल्य अनुसार काठमाडौं उपत्यकामा डिजेल ९० रुपैयाँ, मट्टीतेल र पेट्रोल १ सय ४ रुपैयाँ तोकिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिएका छन् । मूल्य समायाेजन पश्चात पनि निगमलाई पेट्राेलमा प्रतिलिटर एक रूपैयाँ २३ पैसा र  डिजेलमा प्रति लिटर एक रूपैयाँ १५ पैसा घाटा रहेकाे निगमकाे विज्ञप्तीमा उल्लेख छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन गरिएको छैन । असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ बढाएको थियो ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।