भारतका गृहमन्त्रीलाई कोरोना भाइरसकाे संक्रमण

Aug 02, 2020 05:36 PM Merolagani



भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमणको पुष्टि भएको छ । उनले आइतबार आफ्नो ट्वीटर मार्फत सो जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा आफूमा कोरोना परीक्षण गर्दा पोजिटिभ पाइएको लेखेका छन् । यसका साथै उनले आफ्नो अवस्था ठीक रहेतापनि चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भइरहेको जानकारी पनि दिएका छन् । उनी मेदान्ता अस्पताल भर्ना भएका हुन् ।

गृहमन्त्री अमित शाहले आफ्ना सम्पर्कमा आएका व्यक्तिहरूलाई कोरोना परीक्षण गर्नका साथै आइसोलेसनमा रहन पनि आग्रह गरेका छन् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।