हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा बढ्यो

Aug 03, 2020 05:33 AM Merolagani



हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८४ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.४० प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंककाे नाफामा सुधार देखिएकाे हाे।

८ अर्ब रुपैयाँ बरारको आईपीओ बिक्री गर्ने तयारीमा रहेको यस बैंकको चुक्ता पूँजी असार मसान्तसम्ममा १२ अर्ब रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा बैंकले २५ करोड निक्षेप सङ्कलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। यसका साथै बैंकले ८ अर्ब ७८ कराेड रूपैयाँ बैंकहरूमा निक्षेप लगानी गरेकाे छ। यसबापत बैंकले १ अर्ब २३ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशत बढी हो। त्यसैगरी, असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १ अर्ब १० करोड १६ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.६० प्रतिशत बढी हो।

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ७१ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६ पैसा कायम भएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।