पुनर्बीमा कम्पनीको नाफा ९१ करोड माथि, खुद बीमाशुल्क पाँच अर्ब नजिक

Aug 04, 2020 12:20 PM Merolagani



हालै आईपीओ निष्काशन गरेकाे नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९१ करोड १६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले निर्जीवन बीमा व्यवसाय ८२ करोड ५० लाख ७७ हजार र जीवन बीमा व्यवसाय ९ करोड १० लाख ७८ हजार रुपैयाँ गरी सो बराबरको खुद नाफा आर्जन गरेको हो।

यो अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा २.७८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट ८९ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यसैगरी, पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ९४ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३१ करोड २२ लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १ अर्ब ३९ करोड १४ लाख रुपैयाँले बढेको हो।

पुनर्बीमा कमिशन बापत करिब डेढ अर्ब बाहिरियो

यस्तै गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले पुर्नबीमा कमिशन शुल्कबाट ५ करोड ७९ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ भने एक अर्ब ४७ करोड ३१ लाख रुपैयाँ पुनर्बीमा कमिशन बापत विदेशी कम्पनीलाई भुक्तानी गरेको छ।

पुनर्बीमा कम्पनीले निर्जीवन बीमा व्यवसायतर्फ एक अर्ब ७४ करोड १६ लाख र जीवन बीमातर्फ १० करोड २८ लाख रुपैयाँ गरी एक अर्ब ८४ करोड ४५ लाख खुद दाबी भुक्तानी गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। एक अर्ब ६० करोड रुपैयाँको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुगेको छ।

यस्तै कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड २४ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब ४७ करोड ५० लाख रुपैयाँ सञ्चित छ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।