कोरोना बीमामा ५० प्रतिशत छुट,सरकारी कर्मचारीको निःशुल्क हुने

Aug 05, 2020 12:29 PM Merolagani



सरकारले कोरोना बीमा गर्दा अब कुल बीमाशुल्कको ५० प्रतिशत छुट दिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षदेखि नै कोरोना बीमामा ५० प्रतिशत छुट दिने घोषणा गरेपनि बल्ल अब छुट पाउने भएको हो।

अब सर्वसाधारणले कोरोना बीमा गर्दा ५० प्रतिशत छुट पाउनेछन् भने बाँकी ५० प्रतिशत सरकारले अनुदान दिनेछ। बीमा समितिले आज अपरान्ह २ बजे पत्रकार सम्मेलन गरी काेराेना बीमामा अनुदान प्रदान गर्ने याेजना सार्वजनिक गर्दैछ। 

समितिले तयार पारेकाे कार्यविधि अर्थमन्त्रालयले स्वीकृत गरेपछि सर्वसाधारणले ५० प्रतिशत अनुदान पाउने र सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमाकाे सुबिधा पाउने याेजना  सार्वजनिक गर्न लागेकाे हाे। 

अर्थमन्त्री डा. खतिवडाले चालू आर्थिक वर्षको बजेटमा कोरोना बीमालेखमा ५० प्रतिशत अनुदान सरकारले व्यहोर्ने  र सबै सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा गर्ने घोषणा गरेका थिए । त्यस अनुसार समितिले कार्यविधि बानाएर अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सर्वसाधारणले छुट पाउने भएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सामूहिक रुपमा कोरोना बीमा गर्दा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको थियो । सरकारले अनुदान दिने भएपछि एक लाख रुपैयाँको ३०० रुपैयाँमा र ५० हजार रुपैयाँ बीमांकको बीमा १५० रुपैयाँमै गर्न सकिनेछ ।

नयाँ आर्थिक वर्ष शुरु भएपनि बीमा समितिले अहिलेसम्म कोरोना बीमामा छुट दिने सम्बन्धि मापदण्ड तयार पार्न नसक्दा ढिलाई भएको थियो ।

यस्तै हाल कार्यरत रहेका अस्थायी,करार सहित सबै राष्ट्र सेवक कर्मचारीको एक लाखको कोरोना बीमा सरकारले व्यहोर्ने बजेटमा व्यवस्था गरिएको छ। यसबाट स्थायी रुपमा कार्यरत करिब ६ लाख र अस्थायी तथा करार समेत गरी करिब सात लाख कर्मचारीहरुले राहत पाउनेछन् ।




रास्वपाद्वारा समानुपातिकतर्फका ५७ सांसदको नाम टुङ्गो, ४८ जना महिला, को को परे ? (सूचीसहित)

Mar 15, 2026 02:31 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।