काेराेनाबाट अति नै प्रभावित देश इटालीकाे पछिल्लाे अवस्था के छ ?

Aug 05, 2020 05:29 PM merolagani



कोरोना भाइरस संक्रमणको भयावह स्थितीबाट गुज्रिएको इटाली अझै पनि यस महामारीबाट उम्कन सकेको छैन । विश्वकै सबैभन्दा बढि प्रभावित रहेको इटालीमा आधिकारीक रुपमा कोरोना भाइरसको शुरुवात २० फेब्रुअरीबाट भएको थियो ।

३८ वर्षीय व्यक्तिले लोम्बार्डीका कोडोग्नो कस्बेमा पहिलो परीक्षणकाे रिपोर्ट आएसँगै ती व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पाइयाे । यो इटालीमा आधिकारीक रुपमा पहिलोपटक देखिएको कोभिड–१९ केस थियो । यद्यपि केही स्वास्थ्य अधिकारीहरुका अनुसार इटालीमा यो भाइरसको प्रवेश पहिले नै भएको थियो ।

तथ्याङ्क अनुसार मार्च महिनामा इटलीमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका थिए । सो समयवधिमा एकैदिन ६ हजार ५५७ जनासम्म संक्रमितको संख्या पुगेको थियो । फेब्रुअरी २४ मा २२१ जनामा संक्रमणको पुष्टि भएको थियो । त्यसपछिकाे मार्च र अप्रिल महिनामा संक्रमितकाे संख्या अत्याधिक मात्रामा बढेकाे थियाे । मे महिनाबाट भने साे संख्जुयामा कमि देखिएर जून महिनादेखि भने पुन: २००को हाराहारीमा संक्रमणको अवस्था रहेको छ ।

तथ्यांक इटलीकाे स्वास्थ्य मन्त्रालयकाे वेबसाइटबाट लिइएकाे हाे ।

इटलीमा मंगलबार १९० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो भने पाँच जनाको निधन भएका थियोे । सोमबार भने १५९ जना संक्रमित थपिएर १२ जना संक्रमितको निधन भएको हो । यसैगरी इटलीमा हाल संक्रमित १२ हजार ४८२ जना रहेका छन् । कोरोना मुक्त हुनेको संख्या भने इटालीमा  दुई लाख ७६६ रहेको छ ।

हालसम्म इटलीमा ३५ हजार १७१ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । इटलीको स्वास्थ्य मन्त्रालय अनुसार हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या दुई लाख ४८ हजार ४१९ जना छन् ।

गत साता मात्र इटलीमा आपतकालिन अवस्थाको घोषणा गरिएको थियो ।भाइरस लगातार बढिरहेको र नियन्त्रणकालागि यस्तो कदम चालिएको हाे ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।