पाहुना नलाग्न र नबाेलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आग्रह

Aug 05, 2020 05:27 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतैपनि पाहुना  नलाग्न तथा नबाेलाउन आग्रह गरेको छ।मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले सर्वसाधारणहरुलाई उक्त आग्रह गरेका हुन् ।

सरकारले लकडाउन खुल्ला गरेको भएपनि जोखिम कायमै रहेको बताउदै उनले सर्वसाधारणहरुलाई पाहुना नलाग्न र पाहुन नबाेलाउन आग्रह गरेका हुन् ।  यस्तै चाड पर्वहरु पनि घरमै परिवारसंग मनाउन आग्रह गरेकाे छ ।

साथी,सहकर्मी आफन्त भनेर स्वास्थ्य सुरक्षाका मापदण्डहरु उल्लंघन नगर्न प्रवक्ता गाैतमले अाग्रह गरे ।

 




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।