कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु, मृतक १८ र ४६ वर्षका

Aug 05, 2020 04:49 PM Merolagani



नेपालमा थप दुई जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० जना पुगेको छ । निधन हुने एक पुरुष र एक युवती रहेका छन् ।

निधन हुने पर्साको पोखरिया,९ बस्ने १८ वर्षकी युवती रहेकी छिन् । उनी साउन १९ गते झाडापखालाका भएका कारण नेशनल मेडिकल कलेज,वरिगञ्ज उपचारकालागि लैजादै गर्दा बाटोमा नै निधन भएको हो । ती युवतीको नारायणी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुने अर्का व्यक्ति वरिगञ्ज,५ निवासी ४६ वर्षिय पुरुष रहेका छन् । मधुमेहका बिरामी उनलाई ज्वरो तथा खोकीको समस्या भएका कारण अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको साउन १९ गते कोरोना पुष्टि भएसँगै साउन २० गते आइसोलेसनमा उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा ती पुरुषको साउन २१ गते विहान ६ बजे मृत्यु भएको हो ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।