कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु, मृतक १८ र ४६ वर्षका

Aug 05, 2020 04:49 PM Merolagani



नेपालमा थप दुई जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० जना पुगेको छ । निधन हुने एक पुरुष र एक युवती रहेका छन् ।

निधन हुने पर्साको पोखरिया,९ बस्ने १८ वर्षकी युवती रहेकी छिन् । उनी साउन १९ गते झाडापखालाका भएका कारण नेशनल मेडिकल कलेज,वरिगञ्ज उपचारकालागि लैजादै गर्दा बाटोमा नै निधन भएको हो । ती युवतीको नारायणी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुने अर्का व्यक्ति वरिगञ्ज,५ निवासी ४६ वर्षिय पुरुष रहेका छन् । मधुमेहका बिरामी उनलाई ज्वरो तथा खोकीको समस्या भएका कारण अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको साउन १९ गते कोरोना पुष्टि भएसँगै साउन २० गते आइसोलेसनमा उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा ती पुरुषको साउन २१ गते विहान ६ बजे मृत्यु भएको हो ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।