एनआईसी एशियाको 'लोन बेनिफिट क्यालकुलेटर' सार्वजनिक

Aug 05, 2020 06:55 PM Merolagani



एनआईसी एशिया बैंकले (NICA) सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको लोन बेनिफिट क्यालकुलेटरबाट हेर्न सकिने व्यवस्था गरेको छ ।

बैंकको वेबसाइट www.nicasiabank.com मा 'Loan Benefit Calculator’ मा गई हाल आफुले उपभोग गदै आएको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सकिनेछ । सो 'लोन बेनिफिट क्यालकुलेटर’ मा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सक्नेछन् ।

बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरू आफुले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिए बमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ । यसमा ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाईनमार्फत कर्जा आवेदन दिन सक्नेछन् । सेवाग्राहीहरूले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ । साथै, आवेदकको कर्जा स्वीकृतीको अवस्था बारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउने र ग्राहकहरूले यस बैंकको वेबसाइटमा गई लाेन स्टाटस समेत आफै ट्रयाक गर्न सक्नेछन् ।

बैंकले उक्त तीन किसिमकै कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र सुपर चमत्कारिक घर तथा सवारी कर्जाको पूर्वस्वीकृतिको सुविधा समेत ग्राहकहरूमाझ ल्याएको छ । 

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।