बैकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि २० अर्ब खिच्दै राष्ट्र बैंक

Aug 06, 2020 10:42 AM Merolagani



नेपाल राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी बजारबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन राख्न साउन २२ गते बिहीबार २० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्न लागेको हो।

राष्ट्र बैंकले जारी गरेको ७ दिनका अवधिको उक्त रिभर्स रिपो साउन २९ गते परिपक्व हुनेछ। रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंकहरुले बिहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन्।

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सन्तुलन कायम गर्न बेला बेलामा विभिन्न उपकरणहरु जारी गर्ने गर्छ। राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।

हाल वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता खिच्न गर्न लागेको हो।




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।