अन्तरराष्ट्रिय र नेपाली बजारमा दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य

Aug 06, 2020 11:02 AM Merolagani



बिहीबार अन्तरराष्ट्रिय र नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाली बजारमा साउन २२ गते, बिहीबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेर ऐतिहासिक रकर्ड बनाएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले यस दिनकाे लागि छापावाला सुनकाे मूल्य प्रतितोला एक लाख दुई हजार ५०० र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ ताेकेको छ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य आकाशिएको छ। बिहीबार सुनको भाउ तोलामा प्रतिअउन्स दुई हजार ४४ पुगेको छ। कोरोना भाइरसको महामारी फैलिएसँगै लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुन रोजेका कारण सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।

यसैगरी, बिहीबार चाँदीको भाउ पनि ५० रुपैयाँले बढेको छ। यसदिन चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँ तोकिएको हो ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।