ट्वीटरले गर्यो ट्रम्पको क्याम्पेन एकाउण्ट बन्द, कोरोनाको गलत जानकारी दिएको आरोप

Aug 06, 2020 11:49 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ट्वीटरले कारवाही गरेकाे छ। ट्वीटरले आफ्नो सोशल मिडिया प्लेटफर्ममा ट्रम्पको क्याम्पेनको एकाउण्ट ब्लक गरेको हाे। 

कोरोना भाइरसको गलत जानकारी दिएको आरोपमा ट्वीटरले ट्रम्पको क्याम्पेन एकाउण्ट ब्लक गरेको हो। उक्त एकाउण्टबाट एउटा भिडियो पोष्ट गरिएको थियो, जसमा ट्रम्पले बच्चाहरुमा कोभिड–१९ का विरुद्ध मजबुत इम्यून सिस्टम रहेको बताएका छन्।

ट्वीटरले यसलाई कम्पनीको पोलिसीको विरुद्ध भएको बताएको छ। यद्यपी, ट्रम्पले पनि उक्त भिडियोको लिंक ट्वीट गरेका छन्, तर ट्वीटरले उनको एकाउण्टमा भने कुनै प्रकारको एक्सन लिएको छैन।

योभन्दा पहिले फेसबुकले पनि ट्रम्पले कोभिड–१९ काे विषयमा गलत जानकारी दिएको भन्दै उनको पोष्ट हटाएको थियो। एजेन्सी 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।