ट्वीटरले गर्यो ट्रम्पको क्याम्पेन एकाउण्ट बन्द, कोरोनाको गलत जानकारी दिएको आरोप

Aug 06, 2020 11:49 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ट्वीटरले कारवाही गरेकाे छ। ट्वीटरले आफ्नो सोशल मिडिया प्लेटफर्ममा ट्रम्पको क्याम्पेनको एकाउण्ट ब्लक गरेको हाे। 

कोरोना भाइरसको गलत जानकारी दिएको आरोपमा ट्वीटरले ट्रम्पको क्याम्पेन एकाउण्ट ब्लक गरेको हो। उक्त एकाउण्टबाट एउटा भिडियो पोष्ट गरिएको थियो, जसमा ट्रम्पले बच्चाहरुमा कोभिड–१९ का विरुद्ध मजबुत इम्यून सिस्टम रहेको बताएका छन्।

ट्वीटरले यसलाई कम्पनीको पोलिसीको विरुद्ध भएको बताएको छ। यद्यपी, ट्रम्पले पनि उक्त भिडियोको लिंक ट्वीट गरेका छन्, तर ट्वीटरले उनको एकाउण्टमा भने कुनै प्रकारको एक्सन लिएको छैन।

योभन्दा पहिले फेसबुकले पनि ट्रम्पले कोभिड–१९ काे विषयमा गलत जानकारी दिएको भन्दै उनको पोष्ट हटाएको थियो। एजेन्सी 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।