एनसेल आजीयाटाले शुरु गर्याे वाइफाइ, टकटाइम र डेटा बन्डल सहितको वायरफ्री प्लस सेवा

Aug 06, 2020 12:31 PM Merolagani



एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा शुरु गरेको छ। कम्पनीले यो सेवा आफ्नो अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत साउन २० देखि शुरु गरेको हो। 

वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि लक्षित वाइफाइ सेवा हो। यो प्रविधि अन्तर्गत उपभोत्ताले बिना तारको प्रयोग डेटा सेवा लिन सक्छन् ।

बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा ५ जीबीदेखि १० जीबी डेटा, होम नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टकटाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायतका डिजिटल कन्टेन्टहरु र हप्ताको सातै दिन, २४ सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्री प्लस वाइफाइ सेवाको प्रमुख विषेशता रहेको छन्। गत महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ् लिन शुरु गरेको थियो।

वार्षिक प्लानमा मासिक ६९० रूपैयाँको शुल्क रहेको यो सेवा अन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसारको गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीनवटा समूहमा कुनै पनि समूह अन्तर्गतको प्लान लिन सक्छन्। गोल्ड समूह अन्तर्गत ग्राहकले वार्षिक प्लानमा मासिक ६९० रूपैयाँ (कर बाहेक) शुल्कमा ६० जीबी वायरफ्री प्लस डेटा, २०० मिनेट अन-नेट टकटाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक ५ जीबी डेटा प्राप्त गर्नेछन्।

त्यस्तै, प्लाटिनम समूह अन्तर्गत ग्राहकले मासिक मात्र ८६० रूपैयाँ (कर बाहेक) शुल्कमा ८५ जीबी वायरफ्री प्लस डेटा, ५०० मिनेट अन-नेट टकटाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्दछन्। डायमण्ड समूह अन्तर्गत ग्राहकले मासिक मात्र ९५० रूपैयाँ (कर बाहेक) शुल्कमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन-नेट टकटाइम र २ वटा फोरजी सिम कार्डमा प्रत्येकमा मासिक १० जीबी डेटा प्राप्त गर्नेछन्।

वायरफ्री प्लस सेवा सुचारु गरी यस सेवाको फाइदा लिन इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गर्न सक्छन्। ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट पनि बुकिङ गर्न सक्छन्। प्याकेजको समयसीमा अनुसार ग्राहकले एकपटक मात्र तिर्नपर्ने ग्राहक शुल्क ५०० रूपैयाँ , २ हजार ५०० रूपैयाँ वा  ३ हजार ५०० रूपैयाँ तिर्नु पर्दछ।

४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकले यो शुल्क छुट गरिएको छ। ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन्। ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन।

शुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटासम्म देशका विभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध छ। कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न शुरु गरेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।