नेप्से र कारोबार रकम दुबै घट्यो, तीन कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट

Aug 06, 2020 03:26 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ।

बिहीबार नेप्से परिसूचक १.२९ अंक अर्थात ०.०९ प्रतिशत घटेर एक हजार ३८१.३७ विन्दुमा ओर्लिएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६३ अंक, फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१ अंक घटेको छ।

कारोबार रकममा पनि यस दिन कमी आएको छ। अघिल्लो दिन १ अर्ब २३ करोडभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन करिब ९२ करोडको शेयर खरिदबिक्री भएको छ। यस दिन १८६ कम्पनीको २० हजार ५४८ पटकको कारोबारमा ९१ करोड ८१ लाख ८९ हजार रुपैयाँ बराबरको २३ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से र कारोबार रकम घटेपनि यस दिन तीन कम्पनीहरुको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स र नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। त्यसैगरी, यस दिन ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ७.४१ प्रतिशत बढेको छ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य भने यस दिन सर्वाधिक ६.०६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन स्वाभिमान लघुवित्त, कालिका पावर, हिमाल दोलखा हाइड्रोपावर र अपि पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। 

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २ हजार ३७० पटकको कारोबारमा ११ करोड ७८ लाख ५१ हजार रुपैयाँ बराबरको २ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल उपसमूहको परिसूचक सर्वाधिक २.२७ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको सर्वाधिक १.१ प्रतिशत घटेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।