काठमाडौंमा हालसम्मकै धेरै संक्रमित, बिहीबार कुल ३६० जनामा कोरोना संक्रमण पुष्टि

Aug 06, 2020 04:33 PM Merolagani



बिहीबार थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २१ हजार ७५० पुगेको छ जसमध्ये सक्रिय संक्रमित ६ हजार २९६ जना रहेका छन्।

संक्रमितमध्ये काठमाडौंका ७६ जना, ललितपुरका १० जना र भक्तपुरका एक जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २३३ रहेको छ। हालसम्म कोरोना मुक्त हुनेको कुल संख्या १५ हजार ३८९ रहेको छ।

 

संक्रमितको विवरण :

झापा : ८
मोरङ : २४
सुनसरी : १९
इलाम : १५
धनुषा : २४
महोत्तरी : ३
सर्लाही : ९
सिराहा : २
पर्सा : ४२
रौतहट : २
बाजुरा : ३
गोरखा : ६
काठमाडौं : ७६
कपिलवस्तु : ३२
भक्तपुर : १
भोजपुर : २
दोलखा : १
काभ्रेपलान्चोक : ३
ललितपुर :१०
चितवन : १
बारा : १४
मकवानपुर : ४
गुल्मी : १
रुपन्देही : ४
नुवाकोट : १
रामेछाप : १
उदयपुर : १
कास्की : १
पर्वत : १
दाङ : ३
प्युठान : ५
दैलेख : १
सुर्खेत : १
जुम्ला : १
मुगु : १
बैतडी : १
डोटी : २
अछाम : ७
बझाङ : ३
कैलाली : २१
कन्चनपुर : २




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।