तत्काल पुनः लकडाउन नहुने संकेत, संक्रमणको दर हेरेर निर्णय गर्ने सरकारको तयारी

Aug 06, 2020 05:27 PM Merolagani



सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि तत्काल पुनः लकडाउन गर्ने संभावना नरहेको जनाएको छ। सरकारका प्रवक्ता तथा अर्थ, सुचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले सरकारको निर्णय सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन्।

सरकारले संक्रमणको अवस्था हेरेर कोरोना भाइरसको रोकथामको लागि निर्णय गर्ने उनको भनाई छ। ‘सरकारले सर्वसाधारणहरुको स्वास्थ्य र आर्थिक जीवनलाई सन्तुलित तवरले कसरी अघि बढाउने? भन्ने अध्ययन गर्दैछ। हामी त्यस अनुसार अघि बढ्दै छौं। संक्रमणदर हेरेर सरकारले आवश्यक निर्णय गर्नेछ,’ उनले भने।

संक्रमणको दरको अध्ययन गरेर छनौटपूर्ण ढंगबाट सरकार अघि बढ्ने उनको भनाई छ। कोरोना संक्रमण बढी भएको ठाउँमा भने कडाईका साथ सरकार अघि बढ्ने उनले जानकारी गराए।

यस्तै, उनले सार्वजनिक यातायात, विद्यालय, तथा हवाई उडान सञ्चालन गर्ने नसक्ने अवस्थामा रहेको जानकारी गराए। यद्यपि, त्यसको विषयमा थप छलफल पछि निर्णय हुने बताए। 

कोरोना संक्रमण रोकथामको लागि उनले सर्वसाधारणहरुलाई मास्क लगाउन,दूरी कायम गर्न सभा सम्मेलन आयोजना नगर्न समेत आग्रह गरे।

सरकारले लकडाउन खुला गरेसंगै काेराेना संक्रमितकाे संख्या बढ्दै गइरहेकाे छ भने काठमाडाैं सहित ६ जिल्लामा ५०० जना भन्दा बढी संक्रमित देखिएका छन्।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।