सहाराले ९ लाख कित्ताभन्दा बढी संस्थापक शेयर लिलाम बिक्री गर्ने

Aug 07, 2020 07:08 AM Merolagani



सहारा विकास बैंक लिमिटेड (SHBL) ले ९ लाख कित्ताभन्दा बढी संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ। बैंकले संस्थापक समूहको ९ लाख २१ हजार १४८.७० कित्ता शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

बैंकले २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले साउन ३० गतेदेखि भदौ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ। शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद नलाग्ने बैंकले जनाएको छ।

बैंकको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय, सहारा विकास बैंकका शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङबाट आवेदन दिन सक्नेछन्।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।