शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामै १०६ संक्रमित

Aug 07, 2020 04:33 PM Merolagani



शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोभिड १९ संक्रमण पुष्टि हुनेको कुल संख्या २२ हजार २१४ रहेको छ जसमध्ये सक्रिय संक्रमित ६ हजार ३३० जना रहेका छन्।

शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका चार जना छन्।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ४२५ रहेको छ। अहिलेसम्म देशभरमा १५ हजार ८१४ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।५०० भन्दा बढि संक्रमित भएका जिल्ला काठमाडौं, पर्सा, महोत्तरी र रौतहट रहेका छन् ।

संक्रमितको विवरण :

झापा : २
सुनसरी : १
मोरङ : ६५
सप्तरी : १९
धनुषा : ११
सर्लाही : १२
बारा : ९
पर्सा : १३८
रौतहट : ५
सिन्धुपाल्चोक : १
ललितपुर : १०
काठमाडौं : ९२
नुवाकोट : १
भक्तपुर : ४
तनहुँ : २
कास्की : ११
बाँके : २९
बर्दिया : १५
स्याङजा : १
गुल्मी : १
नवलपरासी : ३
कालीकोट : ४
सुर्खेत : १
अछाम : १
कैलाली : १९
कन्चनपुर : १




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।