अभिषेक बच्चनले जिते कोरोना

Aug 08, 2020 04:07 PM Merolagani



बलिउड नायक अभिषेक बच्चनले कोरोना भाइरस जितेका छन् । शनिबार दिउँसो ट्वीटरमार्फत उनले आफू संक्रमण मुक्त भएको जानकारी दिएका हुन् ।

अभिनेता अमिताभ बच्चनका छोरा अभिषेकले शनिबार दिउँसोको नतिजामा कोरोना नेगेटिभ पाइएको उल्लेख गरेका छन् । यसकासाथै उनले मुंबईस्थित नानावति अस्पतालका चिकित्सक तथा नर्सहरुलाई धन्यवाद दिएका छन् । अभिषेकले बच्चन परिवारको स्वास्थ्यलाभकालागि प्रार्थना गर्ने सबैमा आभार पनि व्यक्त गरेका छन् ।

बच्चन परिवारका चार सदस्यमा कोरोना पुष्टि भएको थियो जसमध्ये ऐश्वर्य राय र छोरी आराध्याय बच्चन सबैभन्दा पहिले कोरोना मुक्त भएका थिए । त्यसपछि अभिनेता अमिताभ बच्चन गत साता मात्र कोरोना निको भई अस्पतालबाट डिस्चार्ज भए । अभिषेक भने नानावति अस्पतालमा नै उपचाररत रहेका थिए । अभिषेककी आमा अभिनेत्री जया बच्चनमा भने कोरोना पाइएको थिएन ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।