अभिषेक बच्चनले जिते कोरोना

Aug 08, 2020 04:07 PM Merolagani



बलिउड नायक अभिषेक बच्चनले कोरोना भाइरस जितेका छन् । शनिबार दिउँसो ट्वीटरमार्फत उनले आफू संक्रमण मुक्त भएको जानकारी दिएका हुन् ।

अभिनेता अमिताभ बच्चनका छोरा अभिषेकले शनिबार दिउँसोको नतिजामा कोरोना नेगेटिभ पाइएको उल्लेख गरेका छन् । यसकासाथै उनले मुंबईस्थित नानावति अस्पतालका चिकित्सक तथा नर्सहरुलाई धन्यवाद दिएका छन् । अभिषेकले बच्चन परिवारको स्वास्थ्यलाभकालागि प्रार्थना गर्ने सबैमा आभार पनि व्यक्त गरेका छन् ।

बच्चन परिवारका चार सदस्यमा कोरोना पुष्टि भएको थियो जसमध्ये ऐश्वर्य राय र छोरी आराध्याय बच्चन सबैभन्दा पहिले कोरोना मुक्त भएका थिए । त्यसपछि अभिनेता अमिताभ बच्चन गत साता मात्र कोरोना निको भई अस्पतालबाट डिस्चार्ज भए । अभिषेक भने नानावति अस्पतालमा नै उपचाररत रहेका थिए । अभिषेककी आमा अभिनेत्री जया बच्चनमा भने कोरोना पाइएको थिएन ।




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।