एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

Aug 09, 2020 10:26 AM Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। साउन २३ गते साँझ ६ः३० बजे बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी (हकप्रद शेयर बिक्री नभई बाँकी भएको शेयर लिलाम बढाबढ प्रक्रियामा रहेको समेत) १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने बताएको छ।

यस अनुसार इन्स्योरेन्सले ७ करोड १७ लाख २५ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ। यसका साथै, कर प्रयोजनका लागि इन्स्योरेन्सले ०.३७ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।