एनएलजी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

Aug 09, 2020 10:26 AM Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। साउन २३ गते साँझ ६ः३० बजे बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी (हकप्रद शेयर बिक्री नभई बाँकी भएको शेयर लिलाम बढाबढ प्रक्रियामा रहेको समेत) १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने बताएको छ।

यस अनुसार इन्स्योरेन्सले ७ करोड १७ लाख २५ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ। यसका साथै, कर प्रयोजनका लागि इन्स्योरेन्सले ०.३७ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।