थप दुई कोरोना संक्रमितले ज्यान गुमाए,कुल संख्या ७५ पुग्याे

Aug 09, 2020 04:37 PM Merolagani



नेपालमा थप दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ७५ पुगेको छ ।

निधन हुने एक पुरुष र एक महिला रहेका छन् ।

कोरोना संक्रमणका कारण निधन हुने पोखरा,१९का ६२ वर्षिया एक पुरुष रहेका छन् । मधुमेहका बिरामी उनको साउन २४ गते राती ११ बजेर ३५ मिनेट जाँदा निधन भएको हो ।

यस्तै मृत्यु हुने अर्का संक्रमित वीरगञ्ज,२ की २० वर्षकी एक युवती रहेकी छिन् । उनको पनि सोहि दिन अर्थात साउन २४ गते विहान १ : ३० मा मृत्यु भएको हो । नारायणी अस्थायी काेराेना अस्पताल पुर्याएपछि उनी मृत घाेषित भएकी थिइन् ।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।