बिओकेएलको संस्थापक शेयर लिलामीमा आउने, न्यूनतम १४० ताेकेर बाेलपत्र पेश गर्न सकिने

Aug 10, 2020 11:36 AM Merolagani



बैंक अफ काठमाडौं (BOKL) को संस्थापक समूहतर्फको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलामीमा आउने भएको छ। बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार संस्थापक समूहको शेयर लिलामीमा ल्याउन लागेको हो।

उक्त लिलामी शेयरमा भदौ १ गतेदेखि ८ गतेसम्म बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ। बैंकको लिलामी शेयरमा इच्छुक संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संगठित संस्थाले समेत बोलपत्र पेश गर्न सकिनेछ। 

इच्छुक व्यक्तिले प्रति कित्ता न्युनतम १४० रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकि आवेदन दिन सकिनेछ। बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढीको लागि १० अंकको गुणाङ्कमा राष्ट्र बैंकले तोकेको प्रति व्यक्ति/संस्था सीमाको अधिनमा रहेर अधिकतम ३ लाख १६ हजार १५६ कित्ताको लागि आवेदन दिन सकिनेछ।

लिलामी शेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ ९ गते मंगलबार १० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे कार्यालयमा खुल्नेछ।

बैंकको शेयर सोमबार प्रति कित्ता २२४ रुपैयाँको हराहरीमा कारोबार भइरहेको छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।