लिवर्टी ईनर्जीले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

Aug 11, 2020 04:51 AM Merolagani

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ ३ गतेदेखि सो शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते हुनेछ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ८.२० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ। त्यसैगरी, गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ७४ पैसा कायम हुने प्रक्षेपण गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।