शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

Aug 12, 2020 10:05 AM Merolagani



शिखर इन्स्योरेन्स (SICL) ले लिलाम बिक्रीमा ल्याएको ८७ हजार ४१२.८० कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने साउन २८ गते बुधबार अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको थियो। सो शेयर बुधबारबाट बिक्री बन्द गर्न लागेको हो।

सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज बैंकिङ्ग समयसम्म बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले, बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुलसीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयका साथै ग्रीन डेभलपमेन्ट बैंक, बागलुङबाट आवेदन दिन सक्नेछन्।

 




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।