शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

Aug 12, 2020 10:05 AM Merolagani



शिखर इन्स्योरेन्स (SICL) ले लिलाम बिक्रीमा ल्याएको ८७ हजार ४१२.८० कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने साउन २८ गते बुधबार अन्तिम दिन रहेको छ।

इन्स्योरेन्सले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको थियो। सो शेयर बुधबारबाट बिक्री बन्द गर्न लागेको हो।

सो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज बैंकिङ्ग समयसम्म बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले, बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुलसीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयका साथै ग्रीन डेभलपमेन्ट बैंक, बागलुङबाट आवेदन दिन सक्नेछन्।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।