मिर्मिरे लघुवित्तसँग प्राप्ति हुने प्रकृयामा रहेको नागवेली लघुवित्तको नाफामा सुधार

Aug 12, 2020 03:02 PM Merolagani



मिर्मिरे लघुवित्तसँग प्राप्ति हुने प्रकृयामा रहेको नागवेली लघुवित्त(NBBL)ले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले गत आर्थिक वर्षमा तीन करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष लघुवित्तको खुद नाफा ४१ लाख २१ हजार रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २१ करोड १२ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ११ करोड २२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिसम्ममा ३८ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ५१ करोड ९१ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण सापटी गरेर एक अर्ब २० करोड एक लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

असार मसान्तसम्ममा लघुवित्तले १२ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको यो खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.३३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष लघुवित्तले ९ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिसम्ममा लघुवित्तको सञ्चालन मूनाफा ६ करोड २५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष लघुवित्तको सञ्चालन नाफा ५ करोड ९ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्ष लघुवित्तको खराव कर्जा अनुपातमा सामान्य सुधार भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २.३६ प्रतिशत रहेको निष्कृय कर्जा अनुपाल ०.४ विन्दु प्रतिशतले सुधार भएर गत आर्थिक वर्ष १.९६ प्रतिशतमा झरेको छ ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७७ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ १२ पैसा छ ।

नागबेली लघुवित्त मिर्मिर लघुवित्तमा विलय हुनका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिईसकेको छ । २०७६ फागुन १४ गते मिर्मिरे लघुवित्तले नागबेलीलाई १०० बराबर ९५ कित्ता शेयर आदानप्रदान अुपातमा विलय गर्ने सम्झौता भएकाृ थियो । नागबेली लघुवित्त विलय हुने प्रकृयामा रहेकाले लघुवित्तको दोस्रो बजारमा कारोबार रोक्का रहेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।