नेपाल फाइनान्सको साधारण सभा स्थगित

Aug 24, 2020 11:36 AM Merolagani



नेपाल फाइनान्स (NFS) को साधारण सभा स्थगित भएको छ। फाइनान्सले भदौ ११ गते आह्वान गरेको साधारण सभा स्थगित भएको हो।

फाइनान्सले भदौ ११ गते पछिल्लो ८ वर्षको साधारण सभा एल्लो प्यागोडा होटल, कान्तिपथमा बोलाएको थियो। नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट सभा सम्मेलन तथा गोष्ठी गर्नका लागि निषेध गरिएको तथा भदौ १० गतेसम्म जिल्ला प्रशासन कार्यालय काठामाडौँबाट निषेधाज्ञा जारी गरेकोले सो सभा अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ।

सभामा हाल कायम चुक्ता पूँजीको १७५ प्रतिशत अर्थात ३० करोड ५५ लाख ५१ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव सहित साधारण सभा डाकेको थियो। त्यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र आर्थिक वर्ष २०६८र६९ देखि २०७५र०७६सम्मको अर्थात ८ आर्थिक वर्षको वासलात, नाफा, नोक्सान हिसाब, तथा नगद प्रवाह लगायतको विषयमा छलफल गर्ने प्रस्ताव थियो।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले साउन २६ गते बुकक्लोज गरेको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।