राधी विद्युत कम्पनीको साधारण सभा स्थगित

Jan 03, 2025 12:05 PM Merolagani



राधी विद्युत कम्पनी लिमिटेड (RADHI) को साधारण सभा स्थगित भएको छ। पुस १८ गते बोलाइएको कम्पनीको साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको हो।

कम्पनीले हिजो बिहीबार, दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यु, तीखेदेवल, ललितपुरमा साधारण सभा बोलाएको थियो।

सभामा हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव थियो। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ४ गते एक दिनका लागि बुकक्लोज गरेको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।