लगानीकर्ता हाइड्रोपावरमा आकर्षित, इन्स्योरेन्समा भने देखियाे करेक्सन

Sep 02, 2020 03:54 PM Merolagani



बुधबार हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। शेयर बजारमा सूचीकृत ३३ वटा हाइड्रोपावर कम्पनीमध्ये २८ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यस दिन जोशी हाइड्रोपावर, ङादी ग्रुप पावर, राधि विद्युत, रिडी हाइड्रोपावर, युनियन हाइड्रोपावर, पाँचथर पावर, अपि पापवर र अरुण भ्याली हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले बढेको छ। 

यस दिन हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ९.३ प्रतिशतले बढेको छ। यता इन्स्योरेन्स कम्पनीहरुको शेयरमुल्यमा केहि करेक्सन हुँदा जीवन बीमा र निर्जीवन बीमा दुबै उपसमूहको सूचक सामान्य घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको सूचक १.६७ प्रतिशतले घटेको छ भने जीवन बीमा उपसमूहको सूचक ०.९५ प्रतिशतले घटेको छ।

बुधबार प्रभु इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ४.४१ प्रतिशतले घटेको छ भने प्रुडेन्सियल इन्स्योरेन्सको ४.०१ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ३.७० प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ३.४६ प्रतिशत र सुर्या लाइफ इन्स्योरेन्सको ३.४४ प्रतिशतले घटेको छ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।