ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग २

Sep 02, 2020 07:14 PM Merolagani

गत साता हामीले जन ह्यान्सनद्वारा लिखित ‘गुड डेब्ट, ब्याड डेब्ट’ पुस्तकको सारांशकाे पहिलाे भाग प्रस्तुत गरेका थियाैँ। आज हामी साेही पुस्तककाे दाेस्राे भाग लिएर उपस्थित भएका छौँ।

यस पुस्तकमा लेखकले डेब्ट अर्थात ऋणको बारेमा चर्चा गरेका छन्। अधिकांश मानिसहरु जस्तो सुकै भएपनि ऋण ऋण नै हो भन्ने सोच्छन्। कतिपय मानिसहरु ऋण लिन डराइरहेका हुन्छन् भने केही ऋण लिएर नै खर्च तथा लगानी गरिरहेका हुन्छन्। उनका अनुसार ऋण दुई प्रकारका हुन्छन्। सोही दुई प्रकारका ऋणको बारेमा यस पुस्तकमा चर्चा गरिएको छ। शुरु गरौँ पुस्तक सारांशको दाेस्राे भागः

लस अफ फ्रिडम

कर्जाको बोझ लिएर काम गर्नु भनेको जेलको कामसँग सम्बन्धित कार्यक्रम जस्तै हो। जसमा प्रत्येक दिन तपाईलाई काम गर्नका लागि छोडिन्छ तर तपाईको समय मानसिक जेलमा व्यतित हुन्छ।

अधिकांश मानिसहरुले आफ्नो जीवनको कठिन परिश्रमलाई कहिल्यै पनि अनुभव गर्दैनन्। यदि हामी उक्त चक्रमा प्रवेश गर्नु स्वेच्छिक हो भन्ने कुरामा सहमत हुन सक्यौँ भने यो अनुशरण गर्नेछौँ कि उक्त जीवनशैलीको नेतृत्व पनि स्वेच्छिक हो।

नोकरी गर्नु भनेको तपाईको जीवनबाट एउटा बन्धकलाई बाहिर निकाल्नु जस्तै हो। जबसम्म तपाई धनी हुनु हुन्न, तपाईले कलिलो उमेरमा नै कठिन परिश्रमबाट बच्ने व्यवस्था गर्नुपर्दछ। तपाई धनबिना अर्थात् गरिब परिवारमा जन्मिनु भयो भने, तपाई कम्तीमा पनि एउटा आंशिक नोकर हो र तपाई आफूले चाहेको काम गर्नमा पनि असमर्थ हुनुहुन्छ। यो तपाईमाथि निर्भर गर्छ कि, तपाई यो स्वेच्छिक दासत्वमा बनिरहन चाहनुहुन्छ कि वित्तीय स्वतन्त्रताका बाटोमा स्वयमलाई लैजानका लागि आफ्नो मामलाको व्यवस्था गर्नुहुन्छ।

हामीले अन्जानमै ‘तिमीले सबै पाउन सक्छौँ’ भन्ने लोकप्रिय कथानको विश्वास गर्छाैँ। तिमीले ‘त्यो पाउन सक्छौँ, जब तिमीले कमाउँछौँ’। आफ्नो कामकाजी करियरको सुरुवाती १० देखि २० वर्ष, १५ देखि २० प्रतिशत बचत र लगानी गर्नुभन्दा पनि आम्दानीको १५ देखि २० प्रतिशत हिस्सा खराब (उपभोक्ता) कर्जामा खर्च गर्नका लागि विकल्प चयन गर्नुहोस्। यदि तपाई अहिले शुरु गर्नुहुन्छ भने तपाईले कमाउनु हुन्छ र तपाई आफ्नो स्वतन्त्रताको लायक हुनुहुन्छ।

वित्तीय स्वतन्त्रता पैसाको बारेमा आवश्यक चिन्ता र चासोको कमी हो।

जब तपाई ऋणमुक्त हुनुहुन्छ, तब वास्तविक स्वतन्त्रता केवल त्यो होइन कि जुन तपाई गर्न सक्नुहुन्छ, बरु तपाईले के गर्नुपर्दैन भन्ने हो। तपाई ऋणको अदृश्य पाटोबाट मुक्त हुनु हो।

लस अफ क्यास फ्लो

यदि तपाई आफ्नो आम्दानीको १५ प्रतिशत खराब ऋणमाथि खर्च गरिरहनुभएको छ भने पहिलो लक्ष्य त्यसलाई १० प्रतिशतमा झार्नु हुनेछ। त्यसपछि विस्तारै ५ प्रतिशत र अन्त्यमा लगभग शून्य नै। बचत र लगानीका लागि नगद प्रवाहलाई पुनः निर्देशित गर्ने समयमा नै यस्तो गर्नुहोस् र अन्त्यमा उक्त फण्ड एक्लैले तपाईको जागिरलाई प्रतिस्थापन गरिदिनेछ। यो छोटो समयमा नै हुने छैन, तर १० देखि २० वर्ष कडा परिश्रम र लगनका साथ लाग्ने हो भने परिणाम अद्भुत हुनेछ। पूँजी बनाउनका लागि तपाईसँग पूँजी हुनैपर्छ।

कयौँ मानिसहरु ऋणका लागि आफ्नो सच्चा प्यासनको त्याग गर्छन्। छिट्टै नै उनीहरुको अधिकांश पैसा सुधार अर्थात् विगतको खर्च चुकाउनमा नै सकिन्छ। उनीहरुको प्यासन आत्मसन्तुष्टिमा सुस्त हुने र छिट्टै नै त्यो बिर्सिने पनि हुन्छ। उनीहरु भविष्यमा ऋण चुक्ता गर्दागर्दै खाली हुन्छन्। याद राखौँ, विगत विगत नै हो, जबसम्म कि तपाई यसका लागि आभारी हुनुहुन्न। पछिल्लो भुक्तान गर्दै अगाडि बढ्न कठिन हुन्छ।

लस अफ टाइम

यदि तपाईमा ऋणमा हुनुहुन्छ भने, तपाई जहाँ हुनुपर्ने त्यो ठाउँमा नभइकन अर्कै ठाउँमा हुनुहुनेछ।
जो मानिसहरु ऋणमा डुबेका छन् अर्थात् खराब कर्जामा डुबेका छन्, उनीहरुले आफ्नो समय अग्रिम रुपमा नै विताइसके। किनकि अब उनीहरु आफ्नो ऋण चुक्ता गर्नका लागि आफ्नो नोकरी अर्थात् जागिरमा रहनका लागि बाध्य हुन्छन्। उनीहरुले ठाउँमा पुग्नुभन्दा पहिले नै आफ्नो समय बिताइसकेका हुन्छन्। उनीहरुले आफ्नो जीवन धरौटी राखेर समान हुनेछ।

अब नयाँ वर्षको संकल्पका रुपमा ऋणबाट मुक्ति र परिवार तथा साथीहरुका साथको समयले कम महत्व पाउँछ।

कयौँ मानिसहरु अतिरिक्त धन सम्पत्तिको तुलनामा स्वतन्त्र समयको चाहना राख्छन्।

लस अफ अपरच्युनिटी

जब तपाई वित्तीय लाभका लागि एउटा ठूलो अवसर देख्नुहुन्छ भने यसको सम्भावना छैन कि, तपाई यसको लाभ उठाउन पाउनुहुनेछ। किनकि तपाई यसो गर्नमा वित्तीय रुपमा असक्षम हुनुहुनेछ। सबै उद्यमीहरुको पहिलो नियम भने एउटा ठोस मूल्य जान्नु हो, जब तपाई त्यसलाई देख्नुहुन्छ। दोस्रो नियम, अवसर आउदा काम गर्नका लागि सक्षम हुनु ह

म कसको लागि काम गर्दैछु?

अधिकांश मानिसहरु विलासिताका लागि कडा परिश्रम गर्छन्–मात्र ती विलासिताको दास बन्न। पैसा कमाउने कलाको विषयमा पीटी बर्नम लेख्छन्, ‘ऋणले एक मानिसको आत्मसम्मान लुट्छ र उसलाई लगभग तुच्छ बनाउँछ।’ तपाई आफुलाई सोध्नसक्नुहुन्छ, ‘ के मसँग मेरो सम्पत्ती छ कि म सम्पत्तीसँग छुँ?’

‘म पर्याप्त कमाउँदिन’ भन्ने धारणा ‘मेरो खर्च गर्ने बानी नराम्रो छ’ भन्ने धारणाभन्दा बढी सटीक र लोकप्रिय छ। ती व्यक्ति, जो हात–मुख जोड्नका लागि बाँच्छन्, उनीहरु ती व्यक्तिहरुको जो योजना बनाउँछन्, बचत गर्छन र लगानी गर्छन्, उनीहरुको तुलनामा वित्तीय अवस्थामा सँधै तल नै पर्छन्। वित्तीय अपरिपक्वता मानिसहरुले भविष्यको लागि योजना नबनाउनुको एउटा कारण हो।

प्लान, प्लान, प्लान

योजना बनाउने, अध्ययन गर्ने र बुद्धिमानी तथा विवेकी जीवनको खोज तपाईमा निर्भर छ। यदि तपाईलाई कसरी आर्थिक रुपमा सक्षम हुने भन्ने थाहा छैन भने थाहा नभएसम्म सोध्नुहोस्। मौनताले अज्ञानतामा भयानक प्रभाव पार्दछ। एउटा चिनियाँ उखान छ, ‘जसले प्रश्न सोध्छ, ऊ पाँच मिनेटको लागि मूर्ख हुनसक्छ, तर जसले सोध्दैन, ऊ सँधैभरीका लागि मूर्ख रहन्छ’।

तपाई आफ्नो छनौटहरुका लागि आर्फ जिम्मेवार हुनुहुन्छ। तपाई आफ्नो बानीहरु परिवर्तन गर्नुहोस्, तपाईको जीवन स्थायी रुपमा परिवर्तन हुन्छ। सोरेन किरकेगार्ड लेख्छिन्, ‘जीवन केबल पछाडिबाट बुझ्न सकिन्छ, तर, बाँच्नु अगाडि पर्दछ’।

यदि तपाईले आफ्नो सोच्ने तरिका र काम गर्ने तरिका परिवर्तन गर्नु भएन भने तपाईको वित्तीय भविष्य अहिलेको जस्तै हुनेछ। तर, यदि तपाईले परिवर्तनका कदम चाल्नु भयो भने, तपाईले परिणाम परिवर्तन गर्न सक्नुहुन्छ। तपाईको सबैभन्दा ठूलो लगानी तपाईको भविष्यमा हुनुपर्छ। तपाईको भविष्य आफुले प्रयोग गर्नुभएको दैनिक बर्न रेटको ज्ञान, रिटारयमेन्ट, शिक्षा, अध्ययन र पढाइले पोषित हुन्छ। भविष्यमा केही पाउने एक निश्चित उद्देश्य, एक आकांक्षा, हरेक योजनाको केन्द्रविन्दु हुनुपर्छ। आफ्नो सपनाको लागि यत्न गर्नुभन्दा यथास्थिति कायम गर्न सजिलो हुन्छ।

के तपाई ब्रोक भएर आराम लिइराख्नुभएको छ? विगतमा, गरिब हुनु धनको मार्गमा हिँड्नुभन्दा अधिक थकाईलाग्दो थियो। र धनसम्पत्तीको बाटो भने कम उदासिन छ। तपाईको जीवनमा धेरै सुधार गर्न मन छ भने याद गर्नुहोस् कि निष्क्रियताले तपाईलाई थकित पार्नेछ। जब तपाई कुनै कुराको भुक्तानी गर्न डेब्टको प्रयोग गर्नुहुन्छ, यो भुक्तानी पूर्ण भुक्तानी होइन, तर त्यो तपाईको भविष्यको आम्दानी र समयमा दाबी हुनेछ।

गुड डेब्ट

  • आम्दानी बढाउँछ
  • नेटवर्थ तथा क्यासफ्लो बढाउँछ
  • नगद वा नेटवर्थमा परिवर्तन गर्न सकिने डिस्काउण्टलाई सुरक्षित गर्दछ।
  • सुरक्षाको एक मजबुत मार्जिनका साथै एक लाभदायी स्थिति सिर्जना गर्दछ।
  • उदाहरणः एक सुरक्षित स्तरमा अचल सम्पत्तीका लागि ऋण, शिक्षाका लागि ऋण जुन बजारमा बिक्री गर्न सकियोस्, एक व्यवसायको लागि ऋण जसलाई तपाई सञ्चालित गर्न सक्षम हुनुहुन्छ।

ब्याड डेब्ट

  • सामान्यतया उपभोग यो तीव्र मूल्यह्रास हुने सामानको लागि लिइने ऋण
  • तपाईको नेटवर्थ र क्यासफ्लो घटाउँछ
  • भविष्यको आम्दानी पनि सोस्छ
  • उदाहरणः कार लोन जसले तपाईको रिटायरमेन्ट फण्ड खोस्छ, निरन्तर क्रेडिट कार्ड डेब्ट

आवश्यक नभएका वस्तुहरु खरिद गर्न लिइएको ऋणलाई ब्याड डेब्ट भनिन्छ। उदाहरणको लागि आवश्यक नभएको वस्तुका लागि महिनामा ९९९ डलर तिर्नु पनि हुनसक्छ।

ब्याड डेब्ट तब सामान्यतया तब शुरु हुन्छ जब हामी भावनात्मक खर्चका लागि अनुमति दिन्छौँ अथवा भनौ परिणामहरु विचार नगरी खर्च गर्दछौँ। खर्चको कुनै योजना र निश्चित निर्देशन नभएमा हामीसँग चाँडै ब्याड डेब्टको थूप्रो लाग्नेछ।

प्लास्टिक क्रयाक

क्रेडिट कार्डहरु क्रेडिट इण्डष्ट्रिहरुको क्रयाक कोकेन हो। कमाई बिना खर्च गर्ने शक्तिको भाव एक लत हो, यसलाई तोड्न गाह्रो हुन्छ। क्रेडिट कार्ड बोक्नु भनेको एक हतियार बोक्नु जस्तै हो। जिम्मेवार हातमा पर्यो भने यसले प्रयोगकर्तालाई फाइदा पुर्याउँछ भने मुर्खको हातमा पर्यो भने यो खतरनाक हुन्छ। अनियन्त्रित भावना भएका जोडी र क्रेडिट कार्डले कुनै पनि तर्कसंगत वित्तीय योजनाहरु बिगार्न सक्छ।

अर्को शब्दमा ब्याड डेब्टलाई परिभाषित गर्दा त्यस्तो ऋण जसले तपाईको मासिक रुपमा १० देखि २० प्रतिशतसम्म लान्छ, त्यस्तो ऋणलाई ब्याड डेब्ट भनिन्छ। पछिल्लो १० वर्षमा तपाईले ब्याड डेब्ट बापत तिरेको पैसाले के गर्न सक्नुहुन्थ्यो?

पाराडेब्ट

यहाँ एक त्यस्तो वर्ग छ जसलाई लेखक ‘पाराडेब्ट’ अर्थात ‘अल्मोस्ट डेब्ट’ भन्छन्। यो तपाईको सबै गैर–मासिक खर्चहरुको समग्र प्रभाव हो। पाराडेब्टमा केबल टिभी जस्ता सेवाहरु पर्छन्। यो स्वेच्छिक मासिक दायित्व हो जसलाई तपाई जुनसुकै समयमा कटौती गर्न सक्नुहुन्छ। मान्नुहोस, यिनीहरु अल्पकालिन ऋण हुन्। ऋण ऋण नै हो। ब्याड डेब्टले तपाईको क्यासफ्लोमा निक्षेपहरु निर्माण गर्दछ र चाँडै तपाईलाई वित्तीय आघात हुनसक्छ।

गुड डेब्ट

परिभाषाजस्तै, गुड डेब्टले सम्पत्ती बृद्धि गर्छ। गुड डेब्ट बिना तपाईको वित्तीय विकास सुस्त हुन्छ, यद्यपि, तपाई अधिक सुरक्षित वृद्धि हुने तर्क गर्न सक्नुहुन्छ। गुड डेब्टले तपाईलाई तपाईको बचतबाट लाभ उठाउने र बुद्धिमान लगानीको माध्यमबाट आफ्नो शुद्ध मूल्यलाई बढाउन सहयोग गर्दछ।

गुड डेब्ट त्यस्तो सम्पत्तीमा ऋण हो जसले ऋणको रकमभन्दा बढी क्यासफ्लो गर्दछ। ऋण लिनु र चुक्ता नगर्नु धनी बन्नुको एक तरिका हो। सामान्यतया, यदि युवाहरु डुबे वा अन्योलमा परे भने त्यो अभिभावकहरु डुबेको र अन्योलमा परेको अथवा केही कुराको कमी भएकोको संकेत हो।

सुरुवातमा ऋणले कुनै पीडा दिँदैन। यसको विपरित ऋणको कपटीपन वास्तवमा ऋणीलाई अस्थायी खुशी दिनुमा निहित हुन्छ।  क्रमशः

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश भाग १

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।