ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग ३

Sep 09, 2020 10:13 PM Merolagani

गत साता हामीले जन ह्यान्सनद्वारा लिखित ‘गुड डेब्ट, ब्याड डेब्ट’ पुस्तकको सारांशकाे दाेस्राे भाग प्रस्तुत गरेका थियाैँ। आज हामी साेही पुस्तककाे तेस्राे भाग लिएर उपस्थित भएका छौँ।

यस पुस्तकमा लेखकले डेब्ट अर्थात ऋणको बारेमा चर्चा गरेका छन्। अधिकांश मानिसहरु जस्तो सुकै भएपनि ऋण ऋण नै हो भन्ने सोच्छन्। कतिपय मानिसहरु ऋण लिन डराइरहेका हुन्छन् भने केही ऋण लिएर नै खर्च तथा लगानी गरिरहेका हुन्छन्। उनका अनुसार ऋण दुई प्रकारका हुन्छन्। सोही दुई प्रकारका ऋणको बारेमा यस पुस्तकमा चर्चा गरिएको छ। शुरु गरौँ पुस्तक सारांशको तेस्राे भागः

अध्याय २ः भावनात्मक बन्धकहरुः आफुबाट आफै कसरी मुक्त हुन सकिन्छ?

सिजल बिना निकै कम सामानहरु बिक्री हुन्छ। धेरैजसो हरेक ब्याड डेब्टको निर्णय भावनाको न्यानो चमकको लपेटाबाट शुरु हुन्छ। भावनाहरुको चिनीको चम्चा हो जसले तपाईलाई फाइदा नहुने धेरै चीजहरु निल्न सहयोग गर्दछ। सबै विज्ञापनहरुको मूख्य केन्द्रविन्दु नै त्यस्तै गुलिया भावनाहरु हुन्।

सिजल अथवा यौन भावना अधिकांश विज्ञापनको आधार हो। निहित सन्देश नै वास्तविक सन्देश हो। तपाईले के पाउनुहुन्छ त्यो महत्वपूर्ण होइन, तपाईले के पाउने अपेक्षा गर्नुहुन्छ त्यो महत्वपूर्ण हो।

भावनात्मक अपील बिना विज्ञापन गर्नु एकदमै गाह्रो हुन्छ। स्पष्ट रुपमा तपाईको तर्कको मार्ग रसिला भावनाहरुले भरिएको हुन्छ। यस्तो देखिएको छ कि त्यस्ता रसिला भावनाहरुले तपाईको तर्क क्षमतामा बाधा पुर्याउँछ। अधिकांश अवस्थाहरुमा विज्ञापनदाताहरुले तपाईलाई आफलाई राम्रो लाग्ने योजना कार्यान्वयन गर्नुभन्दा पनि उनीहरु जे चाहन्छन् त्यो गराउन प्रयत्नरत हुन्छन्। तपाईको कुनै लक्ष्य छैन भने तपाईको ध्यान सजिलै तानिन्छ।

या त तपाई आफ्नो दिमागमा आउने वा मिडिया र विज्ञापनमा आउने कुराहरुलाई सम्पादन गर्नुहोन्, नभए धनी बन्नको लागि आवश्यक पर्ने बलिदानको अवधि हुन धनी भएरै जन्मिनु पर्नेहुन्छ।

जुन बलिदानको कुरा लेखक गरिरहेका छन्, त्यसले जब तपाई कुरा गर्न आफैलाई बाचा गर्नुहुन्छ र त्यसलाई वास्तवमै त्यसलाई कार्यान्वयन गर्नुहुन्छ तब ठूलो आनन्दको अनुभुति दिन्छ। रिसल्भको परिभाषा नै यही हो– केही कुरा गर्न आफैलाई बाचा गर्नु र सो कुरा नसकिएसम्म त्यसबाट पछि नहट्नु।

यदि तपाईले कुनै कुरा छनोट गर्न चाहनुहुन्न भने तपाईले त्यसबेला पनि केही छनोट गरिसक्नु भएको हुन्छ। वास्तवमा धनी बन्नु भन्दा सो धनलाई कायम राख्न धेरै खर्च लाग्दछ। धन क्षणीक होइन। ढिलो तृप्ति नै यहाँ उचित प्रेसकृप्सन हो। यो विशेष गरी त्यतीखेर लागु हुन्छ जब तपाई सम्पत्ती पोषणको लागि लाग्ने खर्चको हिसाब गर्नुहुन्छ।

कोही पनि निकम्मा हुँदैन, हरेक व्यक्ति कम्तीमा एक राम्रो उदाहरण बन्न सक्छ। आफ्नो लागि भ्रमण गर्नुभन्दा गरिबको अनुभवबाट सिक्न धेरै सजिलो हुन्छ। कुनै पनि वित्तीय कारोबारमा, हरेक बेलगाम भावनाको कमन सेन्समा बराबर र उल्टो असर पर्छ। मानिसहरु आफ्नो अहमताको लागि एसेट्स दान दिन्छन्।

तपाई अरुलाई जित्न सक्नुहुन्छ भने तपाई बलियो हुनुहुन्छ, र यदि आफैलाई जित्न सक्नुहुन्छ भने तपाई बलवान् हुनुहुन्छ। आफ्नो भावनालाई नियन्त्रण गर्ने युद्ध तपाई आफैभित्र हुन्छ। मानिसहरु आफ्नो इच्छाको दास आफै हुन्छन्। यहाँसम्म कि, जब हामीमाथि कुनै ऋण हुँदैन, तब पनि हामी म्याक स्पेन्डिङ्गमा संलग्न हुन्छौँ– त्यस्तो खर्च जसलाई हामी तबसम्म महसुस गर्दैनौँ जबसम्म हामी लागतको गणना गर्दैनौँ। यी त्यस्ता साना खर्च हुन् जसको हामी कुनै लेखाजोखा नै राख्दैनौँ। दैनिक ५–१० डलरको फजुल खर्च जम्मा गरियो भने २०–३० वर्षमा ५ लाखभन्दा बढी हुन्छ। म्याकस्पेन्डिङ्ग जेमा पनि हुनसक्छ जस्तै एक स्टारबक्स कफिको लागि ३.५० डलरदेखि महंगा खाजा खर्चसम्म, जबकी यी कुराहरुले हाम्रो रिटायरमेन्ट एकाउण्टलाई पछाडि ढकेल्छ।

जब तपाई आफ्नो हातबाट पर्याप्त पैसा गइसकेको देख्नुहुन्छ र यसको केबल ५ या १० प्रतिशत मात्र बढेको देख्नुहुन्छ, तब तपाई सिक्न शुरु गर्न तैयार हुनुहुनेछ। जिन्दगीको महत्वपूर्ण पाठ सिक्न सकिन्छ तर सिकाइन सकिँदैन। तर अफसोच, यसलाई पनि बेवास्ता गर्न सकिन्छ।

भावनात्मक रुपमा सफल हुनुको अर्थ फण्डानेन्टलहरु थाहा पाउनु र त्यसलाई लागु गर्नु हो। फण्डामेन्टर सिद्धान्त त्यस्तो सिद्धान्त हो जसले तपाईको बुझाई, सक्रियता र निष्क्रियताबाट स्वतन्त्र रुपमा कार्य गर्दछ। तपाईको सोँचभन्दा पहिले कम्पाउण्ड इन्ट्रेस्टको फण्डामेन्टलले तपाईको लागि अथवा तपाई विरुद्ध कार्य गरिसकेको हुन्छ। पैसा व्यक्तिको कुनै सम्मान होइन। यसलाई काम दिने सबैका लागि समान रुपमा उनीहरुको लागि या उनीहरु विरुद्ध कार्य गर्दछ। कन्जुमर डेब्ट या भनौँ ब्याड डेब्टको हकमा कम्पाउण्ड इन्ट्रेस्टले तपाईको विरुद्ध कार्य गर्छ। विवेकपूर्ण लगानीमा यसले तपाईको लागि कार्य गर्दछ। गुरुत्वाकर्षण जस्तै कम्पाउण्ड इन्ट्रेस्टले तपाईको लागि या तपाईको विरुद्ध कार्य गर्छ।

आफुलाई थाहा भएको चीजमात्र लागु गर्ने भएकोले, तपाईको ज्ञान या भनौँ जागरुकताले तपाईको सफलताको स्तर निर्धारण गर्दछ। यदि तपाई हाम्रो परम्परागत सोँच ‘तपाईको दृष्टिकोणले तपाईको उँचाईलाई नियन्त्रण गर्छ’ भन्नेमा विश्वास गर्नुहुन्छ भने तपाई लेखकले भनेको ‘तपाईको ज्ञानले तपाईको स्तर निर्धारण गर्छ’ भन्ने कुरामा सहमत हुनुहुनेछ।

फण्डामेन्टल, समयबाट परीक्षण भई कमन सेन्सले प्रमाणित गरेका सिद्धान्त हुन्। यो हाम्रो जीवन र हाम्रो वंशजभन्दा धेरै पर हुन्छ। तपाई आफ्नो शब्दलाई व्याख्या गर्न सक्नुहुन्छ तर, कार्यलाई सक्नुहुन्न। के तपाईका कार्यहरु तपाईको शब्द अनुरुप छन्? धेरै मानिसहरुका लागि यो शोकको निरन्तर स्रोत हो। के तपाई दिनहुँ आफ्नो शब्दहरुलाई आफ्नो कार्यसँग मिलान गर्न सक्नुहुन्छ?

बुद्धि, अनुशासन र विवेक खोज्नुहोस्। ‘रास्नलाइज’ शब्द आफैमा ‘रास्नल लाइज’ छ भन्ने तपाईले कहिले याद गर्नु भएको छ? मानिसहरु प्रायः आफैलाई झुट बोल्छन्। धेरैजसो मानिसहरु ‘कुनै दिन’, ‘जब म’, ‘तब म गर्छु’ र अन्य भ्रममा बस्छन्। यी सबै दिमागलाई केही समय बहलाउने था भनौँ झुठो आशा दिने बहाना मात्र हुन्। ‘म कुनै दिन गर्नेछु’ वा ‘म गर्नेछु’ त्यस्ता शब्द हुन् जुन मानिसहरुले इमान्दारीका साथ प्रयास गर्नबाट बच्नका लागि प्रयोग गर्छन्। ब्रायन ट्रेसी भन्छन्, ‘‘म प्रयास गर्नेछु’ भन्ने शब्द नै असफलता पूर्व नै बहाना बनाउनु हो।’

यहाँ डेब्ट (ऋण) र इमोशन (भावना) नियन्त्रण गर्ने केही फण्डामेन्टलहरु दिइएको छः

  • कागज प्रयोग गर्नुहोस्ः अर्थात, यदि तपाई केही निर्णय गर्नुहुन्छ भने कागजमा लेख्नुहोस्, यद्यपि, यसले अभ्यासमा कुनै अर्थ राख्दैन। योजना बनाउनु प्रायः उच्चतम प्रतिफल दिने चीज हो जुन तपाई गर्न सक्नुहुन्छ।
  • जब भावनाहरु तपाईको निर्णय लिने क्षमतामा बाधा बन्छन्, तब ती भावनाहरुलाई बुझ्नुहोस्।
  • ‘रास्नलाइज’ लाई ‘रासन लाइज’ को रुपमा बुझौँ। तपाई कसलाई झुठो बोल्दै हुनुहुन्छ? सम्भवतः आफैसँग
  • निरन्तरतालाई कायम राख्नुहोस्। आफ्नो कार्यलाई शब्दअनुसार राख्नुहोस्। आफ्नो शब्द र कार्यमा सुधार गर्नुहोस्।
  • आफैलाई छान्नुहोस्। आफ्ना प्राथमिकता र उद्देश्य आफै निर्धारण गर्नुहोस् अन्यथा अरुले निर्धारण गर्नेछ।

चाहनुभन्दा अघि सावधान हुनुहोस्

धेरै मानिसहरु विलासिताका लागि काम गर्छन् र ति विलासिताको दास बन्छन्। हामी जन्मिँदा स्वतन्त्र थियौँ तर ऋण र समयको दायित्वको जालमा हामी आफैलाई समेट्छौँ जसले हामीलाई स्वेच्छिक दास बनाउँछ वा हाम्रो लेनदारहरुको कमसेकम दयनीय कर्मचारी बनाउँछ। जब तपाई भावनालाई दोर्याउन लगाउनुहुन्छ, तब तपाई अनिन्त्रित हुनुहुनेछ। स्वतन्त्रता आत्म–अनुशासनमा प्राप्त हुन्छ। संयमतामा स्वतन्त्रता पाईन्छ। सचेत छनौटको माध्यमबाट मात्र हामी आफ्ना नतीजाहरु नियन्त्रण गर्न सक्दछौँ। तपाईले आफैलाई छान्नुपर्नेछ।

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग २

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग १


comments powered by Disqus