शेयर बजार बन्द भइसकेपछि पनि कसरी भयो नेप्सेको सूचक र कारोबार रकममा परिवर्तन?

Sep 10, 2020 12:52 PM Merolagani



टिएमएसमा समस्या आएर शेयर कारोबार रोक्का गरिसकेपछि पनि नेप्से सूचक र कारोबार रकम भने लगातार बढी रहेको छ। कारोबार र सूचक लगातार बढ्दै गएपछि लगानीकर्ता अन्योलमा परेका छन्।

 लगानीकर्ता अन्योलमा मात्रै परेका छैनन्, उनीहरूले कारोबारमै चलखेल भएको अनुमान समेत लगाएका छन्।  नेप्सेले टिएमएसमा समस्या आएपछि शेयर कारोबार बन्द भएको जनाएको छ। तर सो पश्चात् पनि किन सूचक र कारोबार रकममा भने परिवर्तन भइरहेको छ भन्ने उनीहरूको तर्क छ।

तर नेप्सेले भने पहिला नै भएको कारोबार अपडेट भएकोले सूचक र कारोबार रकम परिवर्तन भएको जनाएको छ। सोही कारण लगानीकर्ता झुक्किएको हुन सक्ने उसको अनुमान छ।

  




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।