जनरल इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

Sep 10, 2020 03:40 PM Merolagani



जनरल इन्स्योरेन्स कम्पनी (GIC) लाई नेपाल धितोपत्र बोर्डले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले ३० कराेड रूपैयाँ बराबरकाे ३० लाख कित्ता आईपीओ निष्काशन गर्न भदौ २४ गते अनुमति पाएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी ७० करोड रुपैयाँ रुपैयाँको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमिति पाएको हाे। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।