एस्ट्राजेनेकाको भ्याक्सिन परीक्षण पुनः सुचारु, यो वर्षको अन्त्यसम्म उपलब्ध हुने अपेक्षा

Sep 13, 2020 12:11 PM Merolagani



अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारिरहेको कोरोना भ्याक्सिनको परीक्षण पुनः सुचारु भएको छ। केही दिन पहिले एकजना सहभागी बिरामी भएसँगै उक्त भ्याक्सिनको अन्तिम चरणको परीक्षणलाई बेलायतमा रोक लगाइएको थियो। 

एस्ट्राजेनेकाका अनुसार, बेलायतको मेडिसिन्स हेल्थ रेगुलेटरी अथोरेटीले भ्याक्सिन मामलाको जाँच पछि त्यसलाई सुरक्षित पाएको छ। बेलायतका स्वास्थ्य अधिकारीहरुले पनि भ्याक्सिनको परीक्षण गर्नु सुरक्षित रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

गत मंगलबार बेलायतमा भ्याक्सिनको परीक्षण रोकिएसँगै एस्ट्राजेनेकाले अमेरिका लगायत पूरै विश्वमा आफ्नो भ्याक्सिनको तेस्रो चरणको परीक्षण रोकेको थियो।

गत महिना एस्ट्राजेनेकाले अमेरिकामा ३० हजार जनामा भ्याक्सिन परीक्षण शुरु गरेको थियो।

यसै वर्षको अन्त्यसम्म भ्याक्सिन आउने अपेक्षा

एस्ट्राजेनेकाका मुख्य कार्यकारी अधिकारी पास्कल सउरियटले उक्त भ्याक्सिनले छिट्टै नै उपलब्ध हुने अपेक्षा रहेको बताएका छन्। उनले यो सन् २०२० को अन्त्यसम्म वा २०२१ को सुरुवातसम्म भ्याक्सिन आउन सक्ने बताएका छन्। एजेन्सी 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।