रुस, चीन र ईरानका ह्याकरको निशानामा अमेरिकी चुनाव

Sep 13, 2020 06:29 PM Merolagani

अमेरिकाको चर्चित प्रविधि कम्पनी माइक्रोसफ्टले अमेरिकी चुनाव रुस, चीन र ईरानका ह्याकरको निशानामा रहेको दाबी गरेको छ। ह्याकरहरुले चुनावसँग सम्बन्धित मानिस र समूहहरुको जासुसी गर्ने प्रयास गरिरहेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार, सन् २०१६ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको चुनाव प्रचारलाई प्रभावित पार्नमा जो रुसी ह्याकर शामिल थिए, उनीहरु नै यसपटक पनि सक्रिय भइसकेका छन्।

माइक्रोसफ्टले भनेको छ, 'विदेशी समूहले चुनावलाई निशाना बनाउनका लागि आफ्नो सक्रियता बढाइसकेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी बाइडेन दुवैको चुनाव प्रचार ह्याकरको नजरमा छ।

दुई सय संगठन निशानामा

कम्पनीले एउटा बयान जारी गरेर भनेको छ कि, स्ट्रोन्टियम समूहसँग सम्बन्धित रुसी ह्याकरले रिपब्लिकन र डेमोक्रेटिक पार्टीसँग सम्बन्धित २०० भन्दा धेरै संगठनहरुलाई निशाना बनाएको छ। स्ट्रोन्टियम समूहलाई फेन्सी बियरको नामबाट पनि चिनिन्छ। यो साइबर आक्रमण गर्ने एउटा यूनिट हो, जुन कथित रुपमा रुसी सेनाको खुफिया एजेन्सी जीआरयू सँग जोडिएको छ।

माइक्रोसफ्टका उपाध्यक्ष टम बर्टले भने, 'हामीले सन् २०१६ मा जस्तो देखेका थियौँ, ठीक त्यसैसँग मिल्दोजुल्दो स्ट्रोन्टियमले मानिसहरुको लग–इन रेकर्डसम्म पुग्नका लागि अर्थात् उनीहरुका अकाउन्टलाई ह्याक गर्नका लागि एउटा अभियान शुरु गरेका छन्।'

कम्पनीका अनुसार, चिनीयाँ ह्याकरले जो बाइडेनको चुनावी प्रचारसँग जोडिएका मानिसहरुलाई व्यक्तिगत रुपमा निशाना बनाउन शुरु गरेका छन्, जबकि ईरानी ह्याकरले ट्रम्पको चुनावी प्रचारसँग जोडिएका मानिसहरुलाई निशाना बनाइरहेका छन्। यद्यपी, कम्पनीले अधिकतम साइबर आक्रमण हालसम्म सफल नभएको दाबी गरेको छ। ह्याकरले मतदान गर्ने अधिकारीहरुलाई हालसम्म निशाना बनाएका छैनन्। एजेन्सीको सहयोगमा 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।