माउन्टेन इनर्जीले स्थगित आईपीओको निष्काशन भदौ ३१ गतेदेखि खुला गर्ने

Sep 14, 2020 07:57 AM Merolagani

माउन्टेन इनर्जी नेपाल लिमिटेडले स्थागित भएको आईपीओको निष्काशन तथा बिक्री भदौ ३१ गतेदेखि खुला गर्ने भएको छ।

 कम्पनीले साउन २८ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्ने घोषणा गरेको थियो। तर, स्थानिय देशका अधिकांश स्थानहरुमा बाढी पहिरोको भयावह अवस्था सृजना भएकोमा प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिएका कारण सो निष्काशन कम्पनीले स्थगित गरेको थियो। कम्पनीले अहिले सोही निष्काशन भदौ ३१ गतेदेखि खुल्ला गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले जारी पूँजीको २० प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। सो मध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता जारी गर्न लागेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्नेछ।

कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा स्थानीयले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर विक्री नभए ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्। आइपीओमा प्रभावित र अति प्रभावित दुबैले न्युनतम १० कित्तादेखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ।

कम्पनीले नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर विक्री गर्न लागेको हो।

नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) आयोजनाको अति प्रभावित क्षेत्र हुन् भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन्। त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउपालिका प्रभावित क्षेत्र हो।


comments powered by Disqus

शेयर निष्कासन गर्नेले पाएनन् अनुमति, नचाहनेलाई जबरजस्ती,अनि कसरी हुन्छ पूँजी बजारको प्रगति ?

Sep 23, 2020 12:14 PM

सुवास निरौला

नेपाल धितोपत्र बोर्डले शेयर निष्कासन गर्ने धेरै कम्पनीलाई अवसर नदिएको आराेप लागेकाे छ ।  बाेर्डकै नीतिका कारण उत्पादनमूलक र रियल स्टेटका बिभिन्न कम्पनीहरू साधारण सेयरका लागि बाेर्डकाे ढाेकासम्म पुगेपनि उनीहरूलाइ फर्काइएकाे छ।