सिडिएससीका नयाँ प्रमुखले असोज भित्रै तीन काम गर्दै, वेब बेसदेखि मेरो शेयरको स्तरोन्नति अनि मोबाइल एप

Sep 15, 2020 08:32 AM Merolagani

सुवास निरौला

केन्द्रीय निक्षेप प्रणाली "सिडिएससी"को कमान सम्हालेसँगै प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य प्राविधिक क्षमता बिस्तार गर्न आक्रामक रुपमा उत्रिएका छन्। लामो समयदेखि प्रविधिमा समस्या झेल्दै आएको सिडिएससीको प्राविधिक क्षमता बिस्तारमा उनी आक्रामक देखिएका हुन् ।

लगानीकर्तालाई जति सक्दो बढी सुविधा दिने उद्देश्यले यतिबेला उनी डेस्कटप प्रणालीलाई विस्थापित गरी वेब बेस प्रणालीमा स्तराेन्नति गर्ने काम गर्दै छन्। मेरो शेयरको क्षमता अभिवृद्धि गर्ने मोबाइल एप निर्माण लगायतका कामलाई असोज भित्रै सिध्याउने गरी प्रक्रिया अघि बढाएका छन्। "लगानीकर्तालाई जति सक्दो बढी सुबिधा दिन मैले तीनवटा काम असोज भित्रै सिध्याउने गरी काम अघि बढाएको छु" सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले भने।   

उनका अनुसार, केन्द्रीय निक्षेप प्रणाली "सिडिएससी" असोज भित्रै वेब बेस  प्रणालीमा जाने भएको छ। पुरानो डेस्कटप प्रणालीलाई विस्थापन गर्दै सिडिएससी वेब बेस प्रणालीमा जान लागेको हो । "हामी असोज भित्रै वेब बेस प्रणालीमा ज्यादै छौ" आचार्यले भने। यतिबेला सम्म ५७ वटा निक्षेप सदस्यलाई वेब बेसमा लैजाने काम सकिएको छ। बाँकीको काम भइरहेको छ। उनीहरूको काम सकिए लगत्तै सिडिएससीको आफ्नै सिस्टमको समेत क्षमता स्तरोन्नति गर्ने छ। उक्त कार्यका लागि करिब एक साता लाग्ने आचार्यको भनाई छ। 

सिडिएससीको सिस्टम भेन्डर कम्पनी टाटा कन्सल्टेन्ट सर्भिस मुम्बईले सिडिएससीलाई वेब बेसमा नगए सेवा दिन नसकिने भनेको छ। डेस्कटप बेसमा काम गर्ने प्राविधिक समेत नभएको र अब त्यस्तो सेवा संसारबाटै हराउँदै गएकोले त्यसमा स्तरोन्नति गर्नुको विकल्प नरहेको उसको तर्क छ। उसले गत असारसम्म सिडिएससीलाई वेब बेसमा स्तरोन्नति गरि सक्नुपर्ने अल्टिमेटम दिएको थियो। तर पछिल्लो समय कोभिडको कारण यसले निरन्तरता पाउन सकेको थिएन। यतिबेला भने भेन्डर कम्पनीले त्यसलाई तीव्रता दिन ताकेता गरिरहेको छ। टाटा कन्सल्टेन्टले मुम्बईबाटै सिडिएससीलाई टेक्निकल सपोर्ट गर्ने गरेको छ। सोही कारण पनि सिडिएससी वेब बेसमा जान लागेको हो। 

वेब बेसमा जाँदा सर्भरहरूमा प्रेसर कम हुने र पहिले भन्दा चुस्त हुन्छ। त्यसले गर्दा पनि सिडिएससीलाई वेब बेसमा जान बाध्य बनाएको हो। 

त्यसैसरी लगानीकर्तालाई थप सजिलो बनाउन मेरो शेयरको क्यापासीटि पनि वृद्धि गरिँदै छ। यतिबेला आइपिओ खुल्ने बित्तिकै ५० हजार भन्दा बढी मानिस एकैपटक आएपछि ट्राफिक देखिने गरेको छ। त्यसैले यसको क्षमता बढाउन लागिएको हो। अब १० लाख मानिस एकैपटक आउँदा समेत समस्या नपर्ने गरी क्षमता वृद्धि गर्न लागिएको छ। त्यसले गर्दा अब प्राथमिक शेयरमा आवेदन दिँदा समस्या नआउने आचार्यको भनाई छ। 

त्यसको लागि विभिन्न नयाँ गेटवेहरूको निर्माणमा तीव्रता दिइएको छ। मानिसहरूले अप्सन नपाएका कारण लोड भएको हो, जसले सुस्त समेत पारेको छ। त्यसका लागि नयाँ गेटवेहरू खडा गर्न लागिएको छ। उनका अनुसार, यतिबेला सर्भरको क्षमता बढाइँदै छ। यसले १० लाख मानिस एकैपटक आए पनि समस्या हुने छैन। तर लगइन गरेर जाने रुट चाहिँ फरक गर्न लागिएको हो। सजिलाे गरी भन्नुपर्दा सबै मानिस रत्नपार्क नै जाने हो। तर रत्नपार्क आउने बाटो फरक-फरक गर्न लागिएको छ। कोही पुतलीसडक हुँदै पनि जान सक्छन्, कोही जमल तिरबाट पनि आउन सक्छन्। कोही भद्रकाली तिरबाट पनि आउन सक्छन् भने कोही सिंहदरबार तिर हुँदै पनि आउन सक्ने बनाउन लागिएको हो। त्यसले ट्राफिक कन्ट्रोल गर्छ। यस अघि चाहिँ रत्नपार्क जाने बाटो एउटै थियो। त्यो भएर ट्राफिक हुने गरेको थियो। 

बाटो फरक गर्नकै लागि मोबाइल एप समेत लन्च गर्न लागिएको हो। "मोबाइल एप ल्याउनुको कारण पनि त्यही हो।  मानिसहरूले लगईन गर्ने ठाउँ एकै भएको कारणले लोड बढी भएको हो। अब मोबाइल एपमा पनि मानिसहरू जानेछन्। त्यसले मेरो शेयरमा थुप्रै ठाउँबाट लगईन गर्न सकिने भएपछि वेबसाइटमा मात्रै भार पर्दैन त्यसले पनि स्लो हुन कम हुन्छ।अब शेयरमा नै लगानीकर्ताले आवेदन दिने हो। तर अब लगानीकर्ताले मोबाइल एप बाट पनि दिन सक्छन्। मेरो शेयर साइटबाट पनि दिन सक्छन्। बैकबाट पनि दिन सक्छन् " आचार्यले भने। 

मेरो शेयरको हार्डवेयर सफ्टवेयरलाई पनि यतिबेला स्तरोन्नति गर्ने काम भइरहेको छ। आईपिओ निष्कासनमा देखिएको समस्या समाधानका लागि त्यसलाई स्तरोन्नती गर्न लागिएको हो। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।