बैंक अफ काठमाण्डूको इलेक्ट्रोनिक सामान खरिदमा शुन्य प्रतिशत ब्याजदरको किस्ताबन्दी योजना

Sep 14, 2020 09:14 PM Merolagani



बैंक अफ काठमाण्डूले (BOKL)घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले आफुलाई आवश्यक सीजी, एलजी, गोद्रेज, टिसीएल, सेनसेई, एलिका, केन्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।

यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहकहरुले यी ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि, मोबाइल, म्युजिक सिस्टम, लुगा धुने मेसीन, एसी, माइक्रोवेभ, भ्याकुम क्लिनर, डिस वासर, वाटर प्युरफायर सिस्टम, चिम्नी र किचन अपलाएन्सेज किस्ताबन्दीमा खरिद गर्न सकिनेछ । यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहक महानुभावहरुलाई कुनैपनि ब्याज लाग्ने छैन ।

बैंक अफ काठमाण्डू र सीजी डिजीटल प्राइभेट लिमिटेडबिच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहकहरुलाई यस सरल किस्ताबन्दीको योजनाहरु विभिन्न स्थानको सोरुमहरुबाट उपलब्ध हुनेछन् ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।