चीनकाे उइगर क्षेत्रमा निर्मित उत्पादनमा अमेरिकाले छुट नदिने, कारण यस्ताे रहेछ

Sep 15, 2020 12:55 PM Merolagani



लगातार जारी तनावका बीच अमेरिकाले चीनलाई फेरि अर्काे झट्का दिएको छ । यूएस कस्टम्स एण्ड बोर्डर प्रोटेक्शन (सीबीपी) ले चीनबाट आयात हुने उत्पादनहरुमा दिदैँ आएको पाँच प्रकारको छुटमाथि रोक लगाउन आदेश जारी गरेको छ । 

चीनको शिनजियांग प्रान्तको उइगर क्षेत्रमा बलपूर्वक काम गरेर बनाइएको उत्पादनमाथि उक्त आदेश लागू गरिने अमेरिकाले जनाएको छ। यस अनुसार त्यहाँ बनेका उत्पादनहरुलाई पाँच प्रकारका छुट प्राप्त नहुने बताइएको छ ।

अमेरिकाका अनुसार, चिनीयाँ सरकारले उक्त क्षेत्रमा लगातार मानवअधिकारको उल्लघंन गरिरहेको छ । त्यहाँ उइगर मानिसहरु र अन्य अल्पसंख्यकको लगातार उत्पीडन भइरहेको छ । त्यसैले त्यहाँ तयार गरिएका उत्पादनहरुलाई लिएर उक्त निर्णय लिइएको अमेरिकाले जनाएको छ ।

अमेरिका र चीनका बीच लामो समयदेखि व्यापार, कोरोना भाइरस, मानवअधिकार तथा अन्य मुद्दामाथि लगातार तनावको अवस्था रहेको छ । अमेरिकाले योभन्दा पहिले पनि कयौँ प्रकारका प्रतिबन्ध लगाइसकेको छ । एजेन्सी 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।