चीनकाे उइगर क्षेत्रमा निर्मित उत्पादनमा अमेरिकाले छुट नदिने, कारण यस्ताे रहेछ

Sep 15, 2020 12:55 PM Merolagani



लगातार जारी तनावका बीच अमेरिकाले चीनलाई फेरि अर्काे झट्का दिएको छ । यूएस कस्टम्स एण्ड बोर्डर प्रोटेक्शन (सीबीपी) ले चीनबाट आयात हुने उत्पादनहरुमा दिदैँ आएको पाँच प्रकारको छुटमाथि रोक लगाउन आदेश जारी गरेको छ । 

चीनको शिनजियांग प्रान्तको उइगर क्षेत्रमा बलपूर्वक काम गरेर बनाइएको उत्पादनमाथि उक्त आदेश लागू गरिने अमेरिकाले जनाएको छ। यस अनुसार त्यहाँ बनेका उत्पादनहरुलाई पाँच प्रकारका छुट प्राप्त नहुने बताइएको छ ।

अमेरिकाका अनुसार, चिनीयाँ सरकारले उक्त क्षेत्रमा लगातार मानवअधिकारको उल्लघंन गरिरहेको छ । त्यहाँ उइगर मानिसहरु र अन्य अल्पसंख्यकको लगातार उत्पीडन भइरहेको छ । त्यसैले त्यहाँ तयार गरिएका उत्पादनहरुलाई लिएर उक्त निर्णय लिइएको अमेरिकाले जनाएको छ ।

अमेरिका र चीनका बीच लामो समयदेखि व्यापार, कोरोना भाइरस, मानवअधिकार तथा अन्य मुद्दामाथि लगातार तनावको अवस्था रहेको छ । अमेरिकाले योभन्दा पहिले पनि कयौँ प्रकारका प्रतिबन्ध लगाइसकेको छ । एजेन्सी 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।