नेप्से र काराेबार रकम दुबै घट्याे, पाँच कम्पनीमा भने सकारात्मक सर्किट

Sep 15, 2020 03:45 PM Merolagani

साताको तेस्रो कारोबार दिन मंगलबार कारोबार रकमसँगै नेप्से सूचकमा पनि गिरावट देखिएको छ। कारोबारमा आएकामध्ये १०५ वटा कम्पनीकाे शेयरमूल्य घट्दा नेप्से सूचक ४.४७ अंकले घटेर १ हजार ५३६ विन्दुमा झरेको छ। 

यस दिन १९१ वटा कम्पनीको ५७ लाख २३ हजार ५६३ कित्ता शेयर १ अर्ब ८० करोड  रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लो दिन सोमबार ३ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम १ अर्ब ४१ करोड रुपैयाँले घटेको हो।

  • पाँच कम्पनीका सकारात्मक सर्किट

मंगलबार कारोबारमा आएकामध्ये पाँचवटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।  

यस दिन दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने एनआरएन लघुवित्तको ९.९२ प्रतिशत, रिलायन्स लाइफको ९.८६ प्रतिशत, खानिखोला हाइड्रोपावरको ९.८४ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ९.५९ प्रतिशतले बढेको छ।

त्यस्तै, माउन्टेन हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै ४.८५ प्रतिशतले घटेको छ भने राधी विद्युतको ४.०२ प्रतिशत, गोर्खाज फाइनान्सको ३.८८ प्रतिशत र हाइड्रोइलेक्टिसिटि एण्ड डेभलपमेन्ट कम्पनकिो ३.८२ प्रतिशतले घटेको छ।

मंगलबार अधिकाँश उपसमूहको सूचक नकारात्मक देखिएको छ। कारोबारमा आएका १२ वटा उपसमूहमध्ये तीन उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ वटा उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ११ करोड २१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, नेको इन्स्योरेन्सको ६ करोड ५० लाख, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४१ लख, नेपाल बैंकंकको ५ करोड ९३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ५ करोडड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।