पछिल्लो २४ घण्टामा एक हजार ४५९ जनामा कोभिड १९ संक्रमण पुष्टि, थप ११ जनाकाे मृत्यु

Sep 15, 2020 04:31 PM Merolagani



पछिल्लो २४ घण्टामा एक हजार ४५९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ पुष्टि हुनेको कुल संख्या ५६ हजार ७८८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमित १५ हजार ७७९ जना छन् ।

 

यस्तै गत एक दिनमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १ हजार ६२ रहेको छ । हालसम्म भने देशभरमा कोरोना मुक्त हुने ४० हजार ६३८ जना छन् ।

अहिले क्वारेन्टिनमा ६ हजार ८९२ जना छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना र होम आइसोलेसनमा सात हजार ६४० जना रहेका छन् । पछिल्लो एक दिनमा १० हजार ३७५ पीसीआर परीक्षण भएको छ । योसँगै मुलुकमा कुल आठ लाख ६१ हजार ७८० पीसीआर परीक्षण भइसकेको छ ।

 सोमबार नेपालमा थप ११ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म संक्रमणका कारण निधन हुनेको कुल संख्या ३७१ पुगेको छ ।

 

 

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।