लामाे दूरीका सवारी साधन असाेज एकदेखि संञ्चालनमा आउने,५० प्रतिशत भाडा बढ्ने

Sep 15, 2020 06:46 PM Merolagani



सरकारले अन्तरिक हवाई उडान सार्वजनिक सवारी साधानहरु अशोज १ गते देखि नै सञ्चालनमा ल्याउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा पराराष्ट मन्त्रि प्रदिप ज्ञवालीले जानकारी गराएका हुन् ।

जहाजमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

यस्तै मन्त्रिपरिषद्को बैठकले लामो दुरीको यातायात पनि असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सुरक्षाको मापदण्डहरु पुरा गरेर सार्वजानिक यातायात सञ्चालन गर्न दिने भएको हो । यातायात व्यवसायीले ५० प्रतिशत बढाएर लिन सक्नेछन ।

यस्तै हाेटल तथा रेष्टुरेन्टहरूपनि अशाेज १ गते देखि खुलाउने निर्णय भएकाे छ । 




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।