विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

Sep 15, 2020 08:28 PM merolagani



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको दुई दिन पछि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएको छ ।

ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन् । ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी भट्टले कोइराला निमित्त कार्यकारी निर्देशक तोकिएको बताए ।

कुलमानको रिक्त पदमा प्राधिकरणकै १२ तहका रहेका हितेन्द्रदेव शाक्यलाई ल्याउने तयारी भइरहेकाले कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।

प्राधिकरणमा १२ तहमा उपकार्यकारी निर्देशक शाक्य सहित कोइराला र हरराज न्यौपाने छन् । तीन जना मध्येबाट कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकिएकाे हाे ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।