विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

Sep 15, 2020 08:28 PM merolagani



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको दुई दिन पछि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला तोकिएको छ ।

ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन् । ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी भट्टले कोइराला निमित्त कार्यकारी निर्देशक तोकिएको बताए ।

कुलमानको रिक्त पदमा प्राधिकरणकै १२ तहका रहेका हितेन्द्रदेव शाक्यलाई ल्याउने तयारी भइरहेकाले कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।

प्राधिकरणमा १२ तहमा उपकार्यकारी निर्देशक शाक्य सहित कोइराला र हरराज न्यौपाने छन् । तीन जना मध्येबाट कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकिएकाे हाे ।

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।